हाम्रो शरीरको महत्वपूर्ण अगंहरुमध्ये मिर्गौला प्रमुख अंग हो, तथापी शरीरलाई स्वस्थ राख्न सबै अंगको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो शरीरको यस अंगले रगतमा इलेक्ट्रोलाईट नियन्त्रण गर्न मुख्य भूमिका खेलेको हुन्छ ।
मिर्गौलाले हाम्रो शरीरबाट अनावश्यक चीजलाई फालिदिन्छ । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । मिर्गौला फेल हुनका धेरै कारणहरु हुन्छन् ।
कहिलेकाही मिर्गौलालाई चोट लागेर पनि किड्नी फेल हुनसक्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साईड इफेक्ट लगायतका कारणले मिर्गौलामा गम्भीर हानी गर्छ ।
मिर्गौला फेलका सामान्य कारण यस्ता छनः
अत्यधिक प्रोटिन
शरीरमा अत्यधिक मात्रामा प्रोटिन भयो भने पनि मिर्गौला फेल हुन्छ ।
पर्याप्त पानी नपिउनु
हामीमध्ये धेरैले प्रर्याप्त पानी पिउन बिर्सन्छौं । एउटा बयस्कले कम्तिमा पनि दिनमा पाँच लिटर पानी पिउनुपर्छ । बालबालिका र युवायुवतीदेखि बृद्धबद्धाले प्रर्याप्त पानी पिउनुपर्छ । पानी कम हुँदा शरीरमा डिहाईड्रेसन हुन्छ । डिहाईड्रेसनले मिर्गौला स्टेन र मिर्गौलाई ड्यामेज गराउछ ।
पिसाब रोक्नु
काममा व्यस्त हुदाँ वा भनेको बेला शौचालय नपाउदा वा गाडीमा यात्रा गर्दा धेरै मानिसले पिसाब रोक्ने गर्छन् । तर यसले मिर्गौलाई नराम्रो हानी गर्छ । पिसाब जम्मा हुदाँ मिर्गौलामा व्याक्टेरिया जम्मा हुन्छ, जसका कारण मिर्गौलामा संक्रमण हुन्छ र बिस्तारै मिर्गौला बिग्रदै जान्छ ।
अत्यधिक मदिरा
अत्यधिक मात्रमा मदिरा पिउदा रक्त प्रबामा उच्च मात्रामा युरिक एसिड उत्पन्न हुन्छ जसका कारण मिर्गौलालाई असर गर्छ र मिर्गौला फेल हुन्छ ।
संक्रमणप्रति अज्ञानता
निश्चित संक्रमण जस्तै भाइरल फ्लु, टन्सिल, पेटसँगसम्बन्धि संक्रमणले कहिलेकाही मिर्गौलालाई असर गर्छ ।
नुनको मात्रा बढी
नियमित रुपमा नुनिला खानेकुरा खादा रगतमा इलेक्ट्रोलाईटको सन्तुलनलाई नियन्त्रण गर्न मिर्गौलाले धेरै काम गर्नुपर्ने हुन्छ ।
पेनकिलरको नियमित प्रयोग
नियमित रुपमा पेनकिलर खाँदा मिर्गौलामा रगतको प्रबाहलाई सिमित गरिदिन्छ र किड्नीमा दिर्घकालिन असर गर्छ ।
हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी फलको रुपमा कागतीलाई लिइन्छ । कागतीले स्वास्थ्यलाई फाइदा गराउनुका साथै विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गर्ने गरिन्छ ।
कागतीको नियमित सेवनले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । विशेष गरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्ड लगाएतका देशहरुमा लोकप्रिय छ।
हामीलाई चाहिले दैनिक भिटामिन सीको ३२ प्रतिशत मात्रा कागतीको सेवनबाट पाइन्छ । कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पनि पाइन्छ ।
यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कम मात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ, साथै
कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्टजस्ता तत्वले भरीपूर्ण हुन्छ ।
फाइदाहरुः
कागतीले स्ट्रोक हुन दिँदैंन :
कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ । मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन ।
कोलेस्टेरोल कम गर्छ स् कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड काम गर्न मद्धत गर्छ ।
कागतीले क्यान्सर लाग्न दिँदैंनः
कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरु जस्तै फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छन् । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङक्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरु बढ्नबाट रोक्छ ।
कागतीले मुटु रोगबाट रोकथाम गर्छः
कागतीमा पाइने घुलनशिल फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्धत गर्छ । यसले रक्त धमनीको सूजनबाट बचाई मुटु रोग लाग्न दिँदैंन। यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्त सन्चारमा सुधार गर्छ र मुटुको समग्र स्वास्थ्यमा वृद्धि गर्छ ।
कागतीलाई तौल नियन्त्रण गर्छः
कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ । साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तत्व हो । तातो पानीमा एउटा कागतीको रस हालेर नियमित रुपमा पिउने हो भने एकसाताभित्रै सकारात्मक परिणाम पाउन सकिन्छ ।
कागतीले छाला स्वास्थ्यका लागि उपयोगीः
यसमा पाइने स्वस्थ एसिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोलाजेन निर्माण गर्छ, चाउरी पर्न दिँदैंन समग्र रुप सुन्दर बनाउने काम गर्छ । साथै, डण्डीफोर, दाग हटाउँछ । घाम, धूलो र प्रदूषका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ ।
कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छः
यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदंैन । यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैंन ।
कागतीले किड्नी स्टोनबाट बचाउँछः
कागतीको ताजा जुसले किड्नी स्टोन हुन दिँदैंन र भएको पनि हटाउन मद्धत गर्छ । एक अध्ययनमा लगातार ४ वर्ष कागती सेवनले मिर्गौलाको पत्थरी घटाएको पाइएको थियो ।
छोरीले हरेक दिन जस्तो टाउको दुख्यो भनेर गुनासो गर्न थालेपछि आमा बुबालाई यसबारेमा बुझ्न धेरै मुस्किल भइरहेको थियो । आखिर किन उनीहरूको छोरी टाउको दुख्यो भन्छिन् भनेर कुनै भेउ नै पाउन सकेनन् ।
लगभग ६ महिनादेखि यस्तो चल्दै आएपछि उनीहरू छोरीलाई जँचाउन गए । परीक्षणपछि जब यसको कारण थाहा भयो, उनीहरूले विश्वासै गर्न सकेनन् ।
सानी बच्चीको दिमागमा १०० भन्दा धेरै टेपवर्म अर्थात फित्तेकीराको अण्डा थियो जुन मस्तिस्कमा ससाना क्लटका रुपमा देखिएका थिए । अहिले ती बच्चीको उपचार भारतको एक अस्पतालमा न्यूरोलोजी डिपार्टमेन्टका चिकित्सकहरूको रेखदेखमा चलिरहेको छ ।
चिकित्सकहरूका अनुसार कुनै पनि चीज राम्रोसँग नपकाई खाएमा र सरसफाइमा त्यति ध्यान दिइएन भने टेपवर्म पेटमा पुग्छ । त्यसपछि रक्त प्रवाहसँगै टेपवर्म शरीरको अलगअलग भागमा जान्छ ।
के हो टेपवर्म ?
गाँउघरमा फितेकिरा भनिने टेपवर्म एक परजिवी हो । यो आफ्नो पोषणको लागि अरुमा आश्रति हुने जीव हो । मानिसको शरीरमा पसेपछि खाना नियमित पाउने हुनाले यो धेरैसमयसम्म बाँच्न सक्छ ।
यसको ५ हजारभन्दा धेरै प्रजाति पाइन्छन् । यो एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुनसक्छ । कुनैबेला यसको एक मात्रै आश्रय हुन्छ भने कुनै बेला एकभन्दा धेरै । यसको शरीर खण्डखण्डमा बाँडिएको हुन्छ ।
यसको शरीरमा हुकको जस्तो संरचनायुक्त हुन्छ जसकारण यो आफ्नो आश्रयदाताको अंगसँग टाँस्सिएर बस्छ । शरीरमा रहने क्युटिकलको मद्दतले यसले आफ्नो भोजन लिन्छ । यसले पचाइएको भोजन मात्रै लिन्छ किनभने यसको पाचनतन्त्र हुँदैन ।
कसरी फैलन्छ टेपवर्म ?
टेपवर्मको संरचना रिबनजस्तो चेप्टो हुन्छ । फित्तेकीराको अण्डा शरीरमा प्रवेश गर्यो भने यसले आन्द्रामा आफ्नो घर बनाउँछ । तर, यो पुरै जीवनकाल आन्द्रामा नै बस्छ भन्ने हुँदैन । रगतसँगै यो शरीरका अन्य भागमा समेत पस्छ ।
एसियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम छ । एनएचएसका अनुसार शरीरमा टेपवर्म छ भने पनि त्यसको कुनै लक्षण देखिन्छ नै भन्ने हुँदैन । तर, धेरैजसो केसमा पटक यो शरीरको केही अति संवेदनशील अंगमा पुग्नसक्छ जसले खतरा निम्त्याउँछ ।
सुरुमै थाहा भए यसको उपचार गर्न पनि सजिलो छ । त्यसैले धेरै हानिकारक नभए पनि यसलाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।
टेपवर्म कसरी मानिसको शरीरमा पुग्छ ?
आधा पाकेको वा काँचो सुँगुर वा बीफ खाँदा यो मानिसको शरीरमा पुग्छ । त्यस्तै आधा पाकेको वा काँचो माछाको सेवन गर्दा समेत यो मानिसको शरीरमा प्रवेश गर्ने सम्भावना हुन्छ । । वास्तवमा यी जीवहरूमा टेपवर्मको लार्भा हुन्छ । फलतः माछामासु राम्रोसँग पकाएर खाइएन भने टेपवर्म शरीरमा पुग्छ ।
यसका अन्य कारणहरू निम्न छन्
दूषित पानी
बन्दागोभी, पालकजस्ता हरियो सब्जीलाई राम्रोसँग पकाएर खाइएन भने पनि टेपवर्म शरीरमा पुग्नसक्छ ।
यसैले फोहोर पानीमा वा माटोको सम्पर्कमा फल्ने सब्जीहरूलाई सफा पानीले राम्रोसँग पखालेर खाँदा राम्रो हुन्छ ।
टेपवर्म संक्रमणको लक्षण
सामान्य रुपमा यसको कुनै धेरै सटिक लक्षण देखिँदैन तर, टेपवर्म शरीरमा छ भने शौचबाट थाहा हुन्छ । यसबाहेका पेटमा दुखाइ, डायरिया, कमजोरी र वान्ता हुने, भोक नलाग्नेजस्ता समस्या यसको प्रमुख लक्षण हो ।
शरीरमा टेपवर्मको सङ्ख्या वा अण्डाको सङ्ख्या धेरै छ भने चक्कर आउने, छाला पहेँलो हुने, खोकी लाग्ने, सास फुल्ने, आँखाले हेर्न गाह्रो हुनेजस्ता समस्या समेत देखिन सक्छन् ।
के के छन् त बच्ने उपाय ?
टेपवर्म एकपटक मानिसको शरीरमा पुग्यो भने यसको औषधिको सेवनबाट नै छुटकारा पाउन सकिन्छ । तर, केही सावधानी अपनाउने हो भने यसको संक्रमणबाटै जोगिन सकिन्छ ।
यस्ता छन् बच्ने उपाय
-कुनै पनि जनावरको मासुलाई राम्रोसँग पकाएर मात्रै खाने ।
-फलफूल तथा सब्जीहरूलाई खानुभन्दा अगाडि राम्रोसँग पखाल्नेे ।
-खाना खानुभन्दा पहिले हात धुने । शौच गरेपछि हात र नङ राम्रोसँग सफा गर्ने ।
-सफा पानी पिउने ।
-पशुचौपायासँग सीधा सम्पर्कबाट बच्ने वा त्यस क्रममा विशेष सावधानी अपनाउने ।
नेपाली संस्कृतिमा वियर पिउनुलाई राम्रो मानिदैन । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । बियर पिउनु वा नपिउनु तपाईंको इच्छामा निर्भर हुन्छ । तर, पछील्लो समय वियरको प्रयोग निकै हुने गरेको छ । वियर पिउनु हुन्न भने तपाइलाई वियर खाँदा यति धरै फाइदा छन् भन्दा अनौठो लाग्ला । अमेरिकामा हालै गरिएको एक अध्यनले वियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा , नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ ।
थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अल्कोहलको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ । तर ठिक्क मात्रामा वियर पिउँदा भने स्वास्थ्यका लागि राम्रो हुने नयाँ अध्यनले देखाएको छ । वियर नियमित पिउँदा शरीरमा पानीको कमी हुने खतरा हुँदैन । अअमेरिकामा हालै गरिएको एक अध्यनले वियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा , नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ ।
थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अल्कोहलको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ । तर ठिक्क मात्रामा वियर पिउँदा भने स्वास्थ्यका लागि राम्रो हुने नयाँ अध्यनले देखाएको छ । वियर नियमित पिउँदा शरीरमा पानीको कमी हुने खतरा हुँदैन । अमेरिकाको खाद्य विभागले समेत वियरलाई पानीको विकल्पकोरुपमा स्वीकार गरेको छ ।
दिनमा एउटा वियर पिउँदा पानीको मात्रा ह्वात्तै बढ्छ । युनिभर्सिटी अफ लण्डन कलेजमा गत वर्ष गरिएको एक अध्यनले वियर खाँदा मोटो पन बढ्ने भन्ने मान्यता गलत भएको देखाएको छ । वियरले शरीरमा पाचन शक्ति भने बढाइदिन्छ । जसले भोक बढ्ने समस्या भने हुने शोधकर्ताहरुको भनाइ छ ।
यस बाहेक बियर पिउदाका फाईदा अरु के के छ्न :
१. बियर पिउनाले मृगौलामा पत्थरी हुने संभावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने संभावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको संभावना कम हुन्छ ।
२. बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ ।
३. स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।
४. हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजवुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजवुत गर्ने तत्व भनेको सिलिकन हो जुन बियरमा अत्याधिक मात्रामा पाइन्छ ।
५. मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।
६. अल्जेमेयर वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । हाम्रो वौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्वमा सकरात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।
७. निन्द्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुुस गर्दछ ।
८. राती आँखा नदेख्ने मानिसलाई बियर अमृत नै मानिन्छ । तर यसको मात्रा भने ठिक्क हुनु आवश्यक छ । आँखामा भएको माइक्रोकोन्ड्रिय खराब भएपछि मानिसले आँखा देख्दैनन् । आँखामा भएको यस भागलाई स्वस्थ राख्न बियरमा भएको एन्टिअक्सिडेन्टले निकै ठूलो भूमिका खेल्दछ ।
९. बियरले क्यान्सर हुने जोखिमलाई पनि कम गर्दछ । यसमा भएका केही तत्वलाई क्यान्सर तथा शरीर दुख्ने अन्य रोगसँग लड्नका लागि प्रयोग गर्न सकिन्छ । बियरमा हुने ह्युमुलोन्स तथा लुपुलोन्स नामक एसिडले हाम्रो शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्दछन् भने तथा रोग लाग्नबाट पनि बँचाउछन् । साथै यी तत्वले क्यान्सरलाई पनि नियन्त्रण गर्ने गर्दछन् ।
११. मृगौलामा पत्थरी हुँदैनः अमेरिकामा भएको सोध अनुसार बियर पिउँदा पत्थरी हुने खतरा काम हुन्छ । एक सोधका अनुसार
४० प्रतिशत बियर पिउने मानिसहरुमा मृगौला पत्थरी हुने खतरा बियर नपिउनेको तुलनामा निकै कम हुन्छ । यद्यपी, बियरमा पाइने के कुराले यस्तो हुने भन्ने बारे शोधकर्ताले निर्धारण गर्न नसकेको बताइएको छ ।
१२. हड्डी बलियो बनाउँछः यदि तपाईं आफ्नो हड्डी बलियो बनाउन चाहुनुहुन्छ भने तपाईंले बियर पिउन सक्नुहुन्छ । बियरमा पाइने सिलिकन हड्डीका लागि निकै फाइदाजनक हुन्छ । भिन्न–भिन्न बियरमा यो भिन्न मात्रामा पाइन्छ । लाइट बियरमा सिलिकनको मात्रा कम हुन्मेरिकाको खाद्य विभागले समेत वियरलाई पानीको विकल्पकोरुपमा स्वीकार गरेको छ ।
१. उठ्ने र सुत्ने समयको टुंगो नभएमा । निदाउने र उठ्ने भनेको हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको घटबढले हुन्छ । जसलाई ‘सक्र्याडियन रिदम’ भनिन्छ । एउटै समयमा सुत्ने र उठ्ने मानिसको हर्मोनहरुको सन्तुलन पनि त्यही अनुसार मिलेको हुन्छ र निदाउन सजिलो हुन्छ।
२. घुर्ने बानी भएमा । घुर्ने बानी भएका मानिसहरुको रगतमा अक्सिजनको मात्रा घट्छ र कार्वनडाइअक्साइडको मात्रा बढ्छ । त्यसले गर्दा मानिस थुप्रैपटक ब्युँझिरहेको हुन्छ, तर उसलाई थाहा हुँदैन । यस्तो अवस्थालाई ‘स्लिप एप्निया सिन्ड्रोम’ भनिन्छ ।
३. मोटोपन, थाइराइड र डिप्रेसनको समस्या भएमा ।
४. मधुमेह र प्रोस्ट्रेट सम्बन्धी समस्या भएकाहरु, जसलाई राति छिनछिनमा पिसाब लाग्ने हुन्छ ।
५. लागूऔषध दुव्र्यसनीहरुमा ।
६. शरीरका भित्री अंगमा अप्ठेरो भएमा (जस्तैः लिभर, किड्नी, मुटुरोग, दम आदि) ।
७. हर्मोनका कारण पनि धेरै निदाउने वा निदाउन नसक्ने हुन सक्छ ।
उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ । तर, जति उमेर बढ्दै जान्छ त्यति निद्रा घट्दै जान्छ । उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ ।
निद्रा लगाउने उपाय
१. आफूलाई सहज हुनेगरी सुत्ने र उठ्ने समय सँधै एउटै बनाउने ।
२. बेलुकी खाना खाइसकेपछि कम्तिमा दुई घण्टा आराम गरेर मात्र सुत्ने ।
३. सुत्ने बेला वा राति उठेर पानी खाने बानी छ भने त्यसलाई कम गर्ने ।
४. घुर्ने समस्या भएकाहरुले उत्तानो परेर नसुत्ने ।दायाँ कि बाँयातिर कोल्टे परेर सुत्ने ।
५. दिउँसो सुत्ने बानी हटाउने ।
६. धूमपान, मध्यपान र लागूपदार्थको सेवन नगर्ने ।
७. स्वस्थ आहार लिने ।
८. मोटोपन घटाउने ।
९. नियमित व्यायाम गर्ने ।
थाइराइड एक प्रकारको अटो इम्युन डिजिज हो । यो रोग लागेमा शरीरको रोगप्रतिरोधी क्षमता कम हुन्छ । शरीरले रोग विरुद्ध लड्न नसकेपछि विभिन्न समस्या देखिन्छ । त्यसैले शरीरमा थाइराइडको समस्या भएमा तुरुन्तै चिकित्सकको सल्लाह अनुसार औषधी खानुपर्छ ।
सामान्यतः थाइराइड ग्रन्थिले टी थ्री, टी फोर र टीएचएस नामक हर्मोनको उत्पादन गर्दछ । शरीरमा थाइराइड ग्रन्थिले उत्पादन गर्ने यी हर्मोनको गडबडी भएमा थाइराइड हुने गर्छ ।
थाइराइडको समस्या दुई किसिमको हुन्छ, हाइपर थाइराइडिज्म, हाइपो थाइराइडिज्म ।
हाइपोथाइराइडिज्म भएमा शरीरमा हर्मोनको कमी हुन्छ, जसका कारण शरीर मोटाउने, सुन्निने, फुल्ने, छाला फुस्रो हुने, निद्रा नलाग्ने, कब्जियत हुने, काम गर्ने जाँगर नचल्ने, थकान महसुस हुने, निःसन्तानपन आदि लक्षण देखिन्छन् ।
शरीरमा थाइराइड हर्मोनको उत्पादन धेरै भएमा शरीरको तौल कम हुँदै जाने, सास फुल्ने, मुटुको धडकन बढ्ने, धेरै पसिना आउने, धेरै गर्मी लाग्ने, छालामा विभिन्न प्रकारको एलर्जी हुनेजस्ता समस्या देखिन्छन् ।
यो समस्या थाइराइडको कमीको तुलनामा बढी घातक मानिन्छ किनभने शरीरमा थाइराइड हर्मोन उत्पादन धेरै भएमा यसले मुटुलाई असर पार्ने गर्छ ।
त्यसैले चिकित्सकहरू थाइराइडको समस्या भएमा तुरुन्तै उपचार गर्न सल्लाह दिने गर्छन् । विभिन्न तरिकाको उपचारद्वारा पनि यो रोगलाई सजिलै निको पार्न सकिन्छ ।
शरीरमा थाइराइड हर्मोनको कमी भएमा हर्मोन बढाउने औषधीको प्रयोग गरेर तथा शरीरमा थाइराइड हर्मोन बढी भएमा त्यसलाई घटाउन औषधीको सेवनबाट पनि नियन्त्रण गर्न सकिन्छ ।
कतिपय मानिसहरूले थाइराइडको लक्षण थाहा नपाएर पनि उपचार गर्न जाँदैनन् । त्यस्तै कतिपयले थाइराइड पत्ता लागिसकेपछि पनि औषधी सेवन गर्दैनन् । जब कि थाइराइड रोग लागिसकेपछि समयमै उपचार नगरे वा यसको औषधी समयमै सेवन नगरे शरीरमा विभिन्न समस्या उत्पन्न हुन्छन् ।
के के हुन्छन् त समस्या ?
– गर्भधारण गरिएको छ भने गर्भमा रहेको बच्चा खेर जाने सम्भावना बढ्छ ।
-थाइराइडको गडबडीका कारण बच्चा नबस्ने समस्या हुनुका साथै निःसन्तानपनको समस्या धेरै हुने गर्छ ।
-मुटुको समस्या भएकाहरूलाई थाइराइड भएमा उनीहरूले थाइराइडको औषधी सेवन नगरेमा मुटुमा समस्या हुने गर्दछ ।
-थाइराइड ग्रन्थिले थाइराइड हर्मोनको बढी उत्पादन गरेमा त्यसले मुटुको चालमा गडबडी गर्ने हुँदा समयमै थाइराइडको औषधी सेवन गर्नुपर्छ ।
-थाइराइड रोगको औषधी समयमै सेवन नगरेको खण्डमा ओस्टियोपोरोसि (बाथ रोग) हुने सम्भावना बढी हुन्छ ।
-त्यसबाहेक शरीरमा मेटाबोलिज्म (खानालाई शक्तिमा बदल्ने)को कमी भएमा वा शरीरमा तागत नपुगेमा बारम्बार हड्डी फ्य्राक्चर हुने सम्भावना पनि उच्च हुने गर्छ ।
-थाइराइडको औषधी समयमै सेवन नगरेमा रक्तचाप समेत अनियन्त्रित हुनसक्छ ।
-कतिपयको हकमा थाइराइडको औषधी नियमित रूपमा सेवन नगरेकै कारण थाइराइडको समस्या भएका व्यक्तिहरूको रगतमा कोलेस्ट्रोल बढ्ने सम्भावना पनि उच्च हुन्छ ।
त्यसबाहेक, नियमित रुपमा थाइराइडको औषधी सेवन नगरेमा काम गर्न जाँगर नचल्ने, थकान महसुस हुने, निद्रा नलाग्ने, कब्जियत हुने जस्ता समस्या उत्पन्न हुने भएकाले पनि चिकित्सकको सल्लाहमा थाइराइडको औषधी नियमित सेवन गर्न जरुरी छ ।
जब तपार्इ ब्रत बस्नुहुन्छ, धेरै समय खाली पेट बस्नुपर्ने हुन्छ जसले गर्दा तपार्इलार्इ एसिडिटी हुन्छ । यस्ताे भएकाे समयमा कुनै अाैषधि खानुभन्दा यी फल खानुहाेस्, जसले पेटमा एसिडिकाे असर कम हुन्छ र तपार्इलार्इ अाराम महसुस हुन्छ । र
स्वास्थमा फार्इदा समेत पुग्छ ।
यी फल खानुहाेस एसिडिटी कम गर्नुहाेस्
अमला : खाली पेटमा सख्खा अमला खानाले ताजा अमलाकाे जुस
१ चम्चा खानाले एसिडिटीबाट अाराम महसुस हुन्छ । यसमा भएकाे केमिकलले पाचन प्रणाली राम्राे बनाउँछ ।
स्याउ : खानापछि स्याउ खानाले एसिडिटीकाे समस्याबाट राहत महसुस हुन्छ ।
केरा : केरामा पाेटासियम हुन्छ जसले एसिड लेवल कम गर्नमा मदत गर्छ । यसले एसिडिटीबाट हुने असरलार्इ राेक्न मदत गर्छ ।
खरबुजा : याे खानाले पेटमा पीएच लेवल कम हुन्छ जसले एसिडिटीकाे समस्याबाट छुटकारा मिल्छ ।
नासपाती : नासपातीमा फाइबर हुनाले खाना पचाउन मदत गर्छ र एसिडिटीकाे समस्याबाट राहत दिन मदत गर्छ ।
शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो ।
केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञोनेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिए ।, आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।
हरेकको घर, भन्सामा खोज्ने हो भने, साङ्ला भेटिन्छ । खासगरी गर्मी सिजनमा साङ्लाले बढी दुख दिन्छ । जसै मौसमी तापमान बढ्छ, घर-भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले खानेकुरा दुषित बनाइदिन्छ । जथाभावी फोहोर बनाउँछ । हामी त्यस्तै दुषित खानेकुरा खान्छौं । यसले गर्दा पेटमा समस्या निम्त्याउँछ ।
त्यती मात्र होइन, यसले विद्युतिय यन्त्रलाई समेत विगार्छ । विद्युतिय उपकरणलाई समेत यसले आफ्नो घर बनाउँछ ।
साङला यस्तो जीव हो, जसको प्रजनन क्षमता अत्याधिक हुन्छ । साथै यो सहजै मर्ने वा नष्ट पनि हुँदैन । भान्साको कुनाकाप्चा, दराज, पलङ जताततै साङ्ला फैलन्छ । साङला ट्वाइलेटको ढलबाट समेत घरभित्र प्रवेश गर्छ ।
किन हानिकारक ?
साङलाले खानेकुरामा जुठो लगाउँछ । जब खानेकुरामा साङ्लाले जुठो लगाउँछ, त्यसमा एक किसिमको ब्याक्टेरिया छाड्छ । साथै साङ्लाको र्यालमा समेत व्याक्टेरिया हुन्छ । साङ्लामा सैलमोनेला नामक भाइरस फैलाउने व्याक्टेरिया हुन्छ । यसको सेवनले फूड प्वोइजन हुन सक्छ । टाइफाइड हुन सक्छ ।
साङलाकै कारण एलर्जी पनि हुनसक्छ, खासगरी छालाको एलर्जी । साङलाको मुखबाट निस्कने र्यालले यस्तो एलर्जी पैदा गर्छ । हामीले भान्सामा भाँडावर्तन खुला राखेका हुन्छौ, ओछ्यान त्यसै हुन्छ । साङ्लाहरु त्यहीँ माथि सलबलाउन थाल्छ । यस क्रममा साङ्लाले र्याल चुहाउँछ । उक्त र्यालले छालामा एलर्जी ल्याउँछ ।
साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।
साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।
कसरी बच्ने ?
-घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । साङ्ला बस्ने कुनाकाप्चामा दिनहुँ सफा गर्नुपर्छ । किनभने त्यस्ता ठाउँमा साङ्लाले आश्रय लिने गर्छ ।
-साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भने समेत केहि दिनसम्म जीवित रहन सक्छ । यो प्राय भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।
-१. साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हुँदैन ।
-
२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।
-३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्याउँछ ।
–
४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।
खाडी मुलुकमा गएर चर्को तामक्रममा काम गर्ने नेपाली कामदारकाे याैन तथा प्रजनन क्षमतामा गम्भीर रूपले ह्रास अाइरहेकाे छ । वर्षाैं काम गरेर ती युवाहरु स्वदेश फर्केपछि सन्तान नहुने समस्याले पीडित रहेका छ ।
‘विर्य उत्पादनका लागि टेष्टिजको तापक्रममा भर पर्छ। चर्को गर्मीमा काम गरे फर्केकाहरुको विर्य उत्पादन र शुक्रकिटको गुणस्तरमा ह्रास आएको’ निसन्तान विशेषज्ञ डा. सविना श्रेष्ठकाे भनाइ छ । विदेशबाट फर्केका पुरूषहरुको प्रायः एउटै दुःखेसो ‘जति यौन सम्पर्क गरेपनि सन्तान बसेन’ बढ्न थालेकाे बताइन्छ ।
थाइराइड भनेको एउटा ग्रन्थी हो ।यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४० हर्मोन उत्पादन गर्छ ।
सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण मेटाबोलिजम गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ ।
तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् ।
तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् ।
यदि थोरै खाना खाँने गर्दा पनि तौल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।
थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।
यो शरीरको आफ्नै कारण अटो इम्युनले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन ।
अथवा बढी काम गर्न दिँदैन । कहिलेकाहिं रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैं निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेशनको औषधिका कारण पनि थाइराइडको समस्या हुनसक्छ ।
थाइराइड रोग जो सुकैलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ । तर महिलामा बढी देखिन्छ ।
रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना पुरुषमा देखिन्छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको हो । बालबालिकामा वंशाणुगत कारणले हाइपो थाइरोडिज्म् रोग लाग्नसक्छ । यसले सबैभन्दा बढी प्रभाव बालबालिकामा पार्छ ।
यो रोग लागेमा बालबालिकाको दिमागको बृद्धिविकास रोकिन जान्छ र उनीहरु सुस्त मनस्थितिका हुन पुग्छन् ।
यदि महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ ।
त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । अर्को कुरा १३ देखि १४ बर्षका युवतीमा महिनावारी गडबड भएमा एकपटक थाइराइड परीक्षण गराउनु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
थाइराइडका लक्षण
अस्वाभाविक रूपमा तौल बढ्नु
गलगाँड आउनु ,तनाव, छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव,कपाल झर्नु,छाला फुस्रो हुनु,मुटुको गति सुस्त हुनु,
चाँडो थकाई लाग्नु,मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता, चिसो लाग्नु,आवाजमा भारीपन बढ्नु
युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्छ ।
शरीरमा पोटासियम कम भएर यस्तो अवस्था देखिएको हो । तर यस्तो समस्या थाइराइडका कारण पनि हुन्छ भनेर बिचार पु¥याउनु पर्छ । रोगको समयमा पहिचान हुन नसक्दा धेरै समस्या भोग्नुपर्छ ।
थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।
थाइराइड हुनबाट बच्न कस्तो भोजन लिने
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ ।
यसमा चेन फ्याटी एसिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।
कृत्रिम चीनीको प्रयोगबाट बच्ने
बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
सामुद्रिक माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पु¥याउने ।
सबैलाई आफ्नो दाँतको चिन्ता हुन्छ । स्वाथ्यको लागी मात्र नभएर सुन्दरतासंग पनि बलियो र चम्किलो दाँत जोडिएको हुन्छ । बढी दाँत भन्ने वित्तिकै मुख र मुखसँग सम्बन्धित चिंउडो, तालु र अनुहार पनि पर्छन् । मानिसले बोल्दा, हाँस्दा, खाँदा, भाषण, गर्दा या गीत गाउँदा धेरैको नजर दाँतमा पर्छ ।
त्यसैले पनि दाँतको चमक कायम रहेमा आफुलाई मात्र नभएर अरुलाई पनि सकारात्मक प्रभाव पर्छ । यदि तपाँईको दाँत कालो छ भने यस्ता छन् केही उपायहरुः
केरा
केरालाई पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दाँतलार्इ दिनहुँ एक मिनेट मसाज गर्नुहोस । मसाज पछि दाँत ब्रश गर्नुहोस् । यस उपायले दाँतको पहेलोपनालाई हटाउन मदत गर्छ ।
तुलसी
तुलसीमा दाँतको पहेलोपना हटाउने एक अद्भुत शक्ति हुन्छ । यसले दाँतमा रहेको पहेलोपना हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ ।
तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनार्इ टुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दांतको पहेलोपना हटेर चमक आउन थाल्छ ।
कागतिको रस
एउटा कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानी मिसाउनुहोस् र खाना खार्इ सकेपछि यही कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै साथै सास गनाउने समस्याबाट पनि छुटकारा पाउन सकिछ ।
सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दाँतमा हल्का मसाज गर्दा भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो बनाउँन मदत गर्छ ।
स्ट्रबेरी
स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने मालिक एसिडले दाँत लाइ सेतो र चम्किलो बनाउँछ ।
निम
निमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सफाई गर्नको लागि प्रयोग गरिदै आएका छौं । दिनहु निमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने बानीले दाँतमा कुनै किसिमको रोग लाग्न दिदैन ।
पुदिना स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यो हाम्रो वरिपरि पाइने वनसपति हो । यसको सेवन गर्नु स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ ।
पुदिनामा भिटामिन ए को मात्र धेरै पाइने स्रोतले जनाएको छ । अनुहार चम्किलो बनाउन यसले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
पुदिनाको सेवनले शीतल हुने हुँदा यसले गर्मीमा धेरै फाइदा पु¥याउछ । यसलाई घाउ भएको ठाउँमा लगाउदा चाँडै निको हुन्छ । ज्वरो आएको समयमा सेवन गर्दा आराम हुन्छ । तराई क्षत्रमा लु लाग्नबाट जोगिन पुदाना सेवन गर्न सकिन्छ ।
यसको रस सेवन गर्दा रुघाखोकी निको हुने जनाएको छ ।
आयुर्वेदले पनि पुदिनालाई आषधीय बुटीका रुपमा स्व्ीकार गरिसकेका छन् । यसको सेवन गर्दा पेटको समस्यामा राहत मिल्छ ।
दन्त मन्जन blackheads हटाउनको लागि धेरै उपयोगी हुन्छ। पुरानो ब्रश नरम भैसकेको हुन्छ, त्यसैले यो गर्दा पुरानो ब्रस प्रयोग गर्यौं भने हाम्रो छालालाई हानी पुर्याउदैन। तर त्यो ब्रस आफ्नो अनुहारमा प्रयोग गर्नु अघि सफा र स्वच्छ छ कि छैन भन्ने कुरा चाँही ख्याल गर्नुपर्छ।
आवश्यक सामग्री:
•
१ पुरानो टूथब्रश
•
सेतो टूथपेस्ट
•
बेकिंग सोडा
•
पानी १
कचउरा
बनाउने तरिका:
• एउटा सुख्खा सफा कचौरा लिनुहोस्,
•
१ चम्चा बेकिंग सोडा र १ चम्चा मन्जन हाल्नुहोस्,
• यसमा २ चम्चा पानी थप्नुहोस् र राम्ररी मिसाउनु होस्,
• सो मिश्रण टूथब्रशमा लिई आफ्नो नाक स्क्रब गर्नुहोस्,
• अन्तिममा सफा पानीले अनुहार धुनुहोस्,
• यो प्रक्रिया सुत्नु अघि हप्ताको २-४ पटक दोहोर्याउनुहोस्। बेकिंग सोडा र मन्जनको मिश्रणले pores खुलाउने र छालाका तहहरूबाट अतिरिक्त तेल हटाउने काम गर्छ।
कतिपय अवस्थामा हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्ता बानीहरु थाहा पाइराखेको राम्रो । केही त्यस्ता बानीहरु जसबारे सचेत हुन जरुरी देखीन्छ –
१। पानी कम पिउने
किड्नी सम्बन्धी रोग र किड्नी फेल हुने समस्या विश्वब्यापी हुँदैगईरहेको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानिसहरुको किड्नी फेल भएर मृत्यु हुने गरेको छ । यस्तोमा किड्नीको रोग देखा पर्नासाथै डायलिसिस गरिहाल्नुपर्छ । यदि रोग अत्याधिक बढेर गम्भीर अवस्थामा पुगेमा किड्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यसको मुख्य कारण तपाईको पानी कम पिउने बानी पनि हो ।
पानी कम मात्रामा पिउने व्यक्तिलाई किड्नी सम्बन्धी रोग लाग्ने सम्भावना अत्याधिक हुन्छ । पानी कम पिउँदा मूत्रनलीमा संक्रमण हुने खतरा अधिक हुन्छ । जसले पोषक तत्वहरु मूत्रनलीमा पुगेर पिसाबलाई थुन्न सक्छ । साथै यसका कारण किड्नीमा स्टोन हुने खतरा समेत बढेर जान्छ । त्यसैकारण दिनमा कमसेकम २ लिटर पानी अनिवार्य पिउने गर्नुपर्छ ।
२। बिहान पिसाब नफेर्नु
रातभरिमा पिसाबथैलीभरि पिसाब जम्मा भएको हुन्छ जसलाई उठ्ने बितिक्कै खाली गर्न जरुरी छ । तर पनि कतिपय मान्छेहरु अल्छी गर्ने बानी भएका कारण उठ्न अल्छी गरेर पिसाब नफेरि बस्ने गर्छन् । धेरै समयसम्म त्यसरी पिसाब रोकेर राख्दा यसले भविष्यमा किड्नीमा ठूलो समस्या देखा पर्ने खतरा हुन्छ ।
३। धेरै चिल्लो तथा मर मसला युक्त खाना
हामी धेरै जसोलाई टाक्क टुक्क परेको चिल्लो मरमसला युक्त खाना औधी मनपर्छ तर धेरै मसला अजिनो मोटो राखीएको खानाले क्षणीक स्वाद त दिन्छ तर दिर्घकालीन रुपमा रोग निम्त्याउँछ अधिक मसला र अजिनो मोटोले हड्डीको बोनम्यारो कमजोर गर्दै लैजानुको साथै किड्नी ब्लकेज गरीदिन्छ ।
२। धुम्रपान एवम् तम्बाकू सेवन
अत्याधिक धुम्रपान एवम् तम्बाकूको सेवन गर्ने बानीका कारण कतिपय मानिसलाई फोक्सोसम्बन्धी गम्भीर रोग लागेको हुन्छ । यसका कारण ऐथेरोस्कलेरोसिस रोग पनि लाग्न सक्छ जसले रक्त नलीमा रगतको बहावलाई ढिलो पारिदिन्छ र यसका कारण किड्नीमा कम रगत जाने हुन्छ । यसले किड्नीको कार्यक्षमता घटाउँछ । यसैकारण धुम्रपान र तम्बाकू सेवन गर्नु किड्नीका लागि पटक्कै राम्रो होइन ।
आगामी एक-दुई महिनाका विषयमा तपाईंको अनुमान कस्तो छ ? त्यतिबेला तपाईं के महसुस गर्नुहोला ?
हामी सबै जान्न चाहन्छौं कि आगामी दिन कस्ता रहन्छन् र त्यतिबेला आफू खुसी हुन्छौं वा हुँदैनौं, यो कुराको अनुमान कसरी पो लगाउने ? हामीले पछि गएर खुसी महसुस गर्छौं कि गर्दैनौं भन्ने कुरा पहिल्यै अनुमान लगाउन सक्यौं भने त्यसलाई आफूअनुकूल हुने गरी बदल्नका लागिसमेत आवश्यक
कदम चाल्न सक्छौं ।
खुसीको अर्थ
धेरै मानिसका लागि खुसीको अर्थ हुन्छ जीवनमा नकारात्मक कुरा, व्यक्ति वा चिजलाई हटाउनु । यदि हामी तनावबाट मुक्त भयौं भने, दिक्कलाग्दो स्थितिबाट छुटकारा पायौं भने, रोगलाई हरायौं भने, एक्लोपनलाई भगायौं भने, पैसाको कमीमाथि विजय प्राप्त गर्यौं भने, बढी सन्तुष्ट हुनसक्छौं । आफ्नो अवस्थाप्रति झन् बढी खुसी हुन सक्छौं ।
तर, के हुन्छ यदि
खुसीको अर्थ एवं खुसी हुने तरिका यीभन्दा पनि धेरै भए भने ? के खुसीको अर्थ हाम्रो जीवनमा कुनै समस्या नहुनु मात्रै हो त ? वा खुसीको अर्को कुनै अर्थ छ ?
बेलायतको लिभरपुल युनिभर्सिटीका प्राध्यापक पिटर किन्डरम्यान भन्छन्-‘हामीलाई थाहा छैन कि मानिसहरू यसकार खुसी हुन्छन् कि उनीहरू जीवनबाट नकारात्मक कुराहरू हटेका छन् वा उनीहरूले खुसी हुनकै लागि अरू केही गरेका छन् ।’
केमा निर्भर छ खुसी
पिटर किन्डरम्यानको विचारमा हाम्रो खुसी धेरै हदसम्म हाम्रै सोच्ने तरिकामा निर्भर हुन्छ । उनी मानिसले गार्हो परेको अवस्थामा कस्तो प्रतिक्रिया देखाउँछ भन्ने विषयमा अनुसन्धान गर्दै छन् । यसले हाम्रो मस्तिष्कको स्वास्थ्यमा कस्तो असर पार्छ । यसका लागि पिटरले बीबीसीसँग मिलेर एउटा अनलाइन सर्भे तयार गरेका छन्, जुन खुसीको रहस्य थाहा पाउनका लागि तपाईलाई केही प्रश्न गर्छ । पुनः छ हप्तापछि सर्वेकै क्रममा केही थप प्रश्न सोधिन्छ ।
पिटर किन्डरम्यान भन्छन् कि यो प्रयोगको माध्यमबाट उनी के पत्ता लगाउने कोसिस गरिरहेका छन् भने हामी आज जे सोच्छौँ, के त्यसले हाम्रो खुसीमा असर पार्छ ? उनलाई लाग्छ, यो अनुसन्धानबाट हामी पत्ता लगाउन सक्छौँ कि हामीले खुसी रहनका लागि आफ्नो सोच्ने तरिकामा कस्तो परिवर्तन ल्याउनुपर्छ ।
पिटर बेलायतको नेसनल हेल्थ सर्भिसका सल्लाहकार मनोवैज्ञानिक हुन् । उनी भन्छन्-बारम्बार समस्याहरूका बारेमा सोच्नु र निराशावादी हुनु हाम्रो मस्तिष्कको स्वास्थ्यका लागि नोक्सानदायक छ ।
खुसी हुने कुराको अनुमान
किन्डरम्यानको अनुसन्धानबाट यदि कसैले सोच्ने तथा विचार गर्ने आधारमा भविष्यमा ऊ खुसी रहने वा नरहने कुराको अनुमान लगाउन सकिने तथ्य प्रमाणित भयो भने उसको जीवनबाट नकारात्मक सोच हटाउने तरिकामाथि पनि ध्यान दिन सकिन्छ । यसबाट मानिसहरूलाई मस्तिष्कको समस्याबाट बचाउनसमेत सकिने आश गर्न सकिन्छ ।
खुसीको खबर के छ भने जसरी हामी स्वास्थ्यसँग जोडिएका समस्याको उपचार गर्छौ त्यसरी नै सोच्ने तरिकामा परिवर्तन ल्याउने उपचार पनि विद्यमान छ । जस्तो कि काग्नेटिभ विहेवियल थेरापीबाट हामी कुनै खास कुरामाथि बढी सोचविचार गरेर व्यवहारमा परिवर्तन ल्याउन सक्छौँ ।
पिटर भन्छन्-हाम्रो खुसीको रहस्य के कुरामा लुकेको छ भने हामीले आवेगहरूको उल्झनलाई बुझौँ । त्यसपछि जे कुराले हाम्रो दिमागमा नकारात्मक विचार पैदा गर्छ, त्यसलाई कसरी पन्छाउने काम गरौँ । यो तरिकाबाट खुसी हासिल गर्न सकिन्छ ।’
मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ ।
के हुन् मेथी दानाका फाइदा ?
भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।
मेथीमा कस्ता पौष्टिक तत्व पाइन्छन् ?
मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ
।
१. कमजोरीः मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।
२. स्वस्थ मृगौलाः मेथी दानामा शरिरको टक्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृगौलालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।
३. ग्याष्ट्रिकको समस्याः मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ ।
४. सुगर नियन्त्रणमा रहन्छः मेथीदानामा पाइने् सोलुबल फाइबर्स ब्लड सुगरलाई नियन्त्रणमा राखेर मधुमेहको खतरा घटाउने गर्दछ ।
५. हृदयघातबाट बचाउः मेथी दानामा पाइने गेलाक्टोमेनन र पोटासियमले रक्तचापलाई नियन्त्रणमा राख्छ र हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ ।
६. बलियो पाचन प्रणालीः भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।
७. स्वस्थ छालाः मेथीदानाले शरिरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, डण्डीफोरबाट बचाउने गर्दछ ।
८. कालो, बाक्लो कपालः बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।
९. पायल्सः मेथीदानाले पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ । यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ ।
१०. पिसाबको समस्याः मेथी दानाले धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।
समग्र अनुहारको सौन्दर्यमा दाँतको उपस्थिती खास हुन्छ । सौन्दर्यको बर्णन गर्दै गीतहरुमा भनिन्छ, ‘मिलेका दाँतका पंक्ति ।’ साहित्यमा दाँतलाई सौन्दर्यकै हिस्सा मानेर उल्लेख गरिन्छ, ‘अनारका दाना जस्ता मिलेका र मोती जस्तै चम्किला दाँत ।’
हो त, दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । दाँतले चपाएरै खानेकुरा खाइन्छ । दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ ।
तर, त्यही दाँत खराब भइदियो भने ?
खिया लाग्यो भने ?
खासगरी सूर्ति, गुट्खा सेवन गर्नेहरुको दाँतमा खिया लागेको देखिन्छ । दाँतलाई उचित हिसाबले सफा नगर्दा दाँतमा खिया लाग्छ । धुमपान, कैफिन, सुर्तीजन्य पदार्थले त दाँतलाई कुरुप नै बनाउँछ ।
खिया लागेको दाँतलाई कसरी चम्किलो बनाउने त ?
बेकिङ सोडा
बेकिङ सोडालाई फोहर हटाउने प्राकृतिक उपायका लिन सकिन्छ । एक चम्चा बेकिङ्ग सोडामा एक चिम्टी नुन मिसाउने र भिजेको ब्रसलाई उक्त मिश्रणमा डुवाएर अन्य बेला झै दाँतलाई राम्ररी माझ्नुपर्छ । यसले दाँतमा जमेको सबै फोहर केही समयमै सफा गर्छ ।
ग्लिसिरिन र एलोभेरा दाँतको लागि ग्लिरिन तथा एलोभेराको मिश्रण पनि निकै उपयोगी मानिन्छ । ग्लिसिरिन तथा एलोभेरायुक्त प्राकृतिक मञ्जन तयार पार्नको लागि एक कप पानीमा आधा चम्चा बेकिङ्ग सोडा लिऊ । त्यसमा एक चम्चा एलोभराको जेलमा करिब चार चम्चा भेजिटेबल ग्लिसिन र एक चिया चम्चा कागतीको एसेन्सियल आयल मिलाउने । अब यो मिश्रणलाई मञ्जनको रुपमा दाँतमा प्रयोग गरौं र हेरौं क्षणभरमै दाँत सेतो तथा चम्किला त हुन्छ नै, आर्कषक पनि देखिन्छ ।
सुन्तलाको ब्रोका जाडो मौसममा प्रायः सबैका घरमा सुन्तला पाइन्छ । प्रतयेक पल्ट सुन्तला खाएपछि त्यसको बोक्राले दाँतमा दल्ने । सुन्तलनाको बोक्रा दातमा दल्नाले दाँत सेतो हुनुका साथै दातमा परेको खिया आफै हटेर जान्छ । साथै यसले दाँतमा दाग लाग्न नदिनुका साथै किटाणुको संक्रमण हुन दिदैन र दाँत चम्किलो हँुदै जान्छ ।
तिल एक मुठ्ठी तिलका दानालाई मज्जाले चपाउनाले दाँतमा लागेको खिया आफै हटेर जान्छ । साथै सुख्खा ब्रसको सहायताले दात सफा गर्नाले दाँतमा अड्केको दाना समेत बाहिर निस्कन्छ ।
भेनेगर दाँतको लाथि भेनेगरको प्रयोग खासै मिठो मानिदैन । यद्यपी, दात सफा गर्नको लागि भेनेगरको प्रयोग विना कुनै समस्या दातलाई चम्किलो बनाउन शतप्रतिशत राम्रो मानिन्छ । दुई चियाचम्चा भेनेगरमा एक चियाचम्चा नुन र चार आउन्स पानीलाई मिसाएर त्यसको मिश्रण तयार पार्ने । अब यो मिश्रणलाई केही दिनको लागि दात सफा गर्नको लागि प्रयोग गर्ने । यसले दाँतमा लागेको दागका साथै दाँतको काई हटाउन मद्दत गर्छ ।
फलफुलको मास्क दाँत सफा गर्नका लागि भिटामिन ‘सी’ युक्त फलफूलको मस्क उपयुक्त मानिन्छ । यसले दातलाई काई लाग्नबाट बचाउनुका साथै दाँतलाई सफा राख्न मद्दत गर्छ । यसको लागि टमाटर, स्ट्रबेरी तथा सुन्तलालाई पिनेर लेप बनाउने र दातको वरिपरि लगाएर करिब ५-६ मिनेट राख्ने । यसले दाँतमा किटाणुके संक्रमण हुन नदिनुका साथै सासलाई ताजा राख्न मद्दत गर्छ ।
ग्लिसिरिन र एलोभेरा दाँतको लागि ग्लिरिन तथा एलोभेराको मिश्रण पनि निकै उपयोगी मानिन्छ । ग्लिसिरिन तथा एलोभेरायुक्त प्राकृतिक मञ्जन तयार पार्नको लागि एक कप पानीमा आधा चम्चा बेकिङ्ग सोडा लिऊ । त्यसमा एक चम्चा एलोभराको जेलमा करिब चार चम्चा भेजिटेबल ग्लिसिन र एक चिया चम्चा कागतीको एसेन्सियल आयल मिलाउने । अब यो मिश्रणलाई मञ्जनको रुपमा दाँतमा प्रयोग गरौं र हेरौं क्षणभरमै दाँत सेतो तथा चम्किला त हुन्छ नै, आर्कषक पनि देखिन्छ ।
सुन्तलाको ब्रोका जाडो मौसममा प्रायः सबैका घरमा सुन्तला पाइन्छ । प्रतयेक पल्ट सुन्तला खाएपछि त्यसको बोक्राले दाँतमा दल्ने । सुन्तलनाको बोक्रा दातमा दल्नाले दाँत सेतो हुनुका साथै दातमा परेको खिया आफै हटेर जान्छ । साथै यसले दाँतमा दाग लाग्न नदिनुका साथै किटाणुको संक्रमण हुन दिदैन र दाँत चम्किलो हँुदै जान्छ ।
तिल एक मुठ्ठी तिलका दानालाई मज्जाले चपाउनाले दाँतमा लागेको खिया आफै हटेर जान्छ । साथै सुख्खा ब्रसको सहायताले दात सफा गर्नाले दाँतमा अड्केको दाना समेत बाहिर निस्कन्छ ।
भेनेगर दाँतको लाथि भेनेगरको प्रयोग खासै मिठो मानिदैन । यद्यपी, दात सफा गर्नको लागि भेनेगरको प्रयोग विना कुनै समस्या दातलाई चम्किलो बनाउन शतप्रतिशत राम्रो मानिन्छ । दुई चियाचम्चा भेनेगरमा एक चियाचम्चा नुन र चार आउन्स पानीलाई मिसाएर त्यसको मिश्रण तयार पार्ने । अब यो मिश्रणलाई केही दिनको लागि दात सफा गर्नको लागि प्रयोग गर्ने । यसले दाँतमा लागेको दागका साथै दाँतको काई हटाउन मद्दत गर्छ ।
फलफुलको मास्क दाँत सफा गर्नका लागि भिटामिन ‘सी’ युक्त फलफूलको मस्क उपयुक्त मानिन्छ । यसले दातलाई काई लाग्नबाट बचाउनुका साथै दाँतलाई सफा राख्न मद्दत गर्छ । यसको लागि टमाटर, स्ट्रबेरी तथा सुन्तलालाई पिनेर लेप बनाउने र दातको वरिपरि लगाएर करिब ५-६ मिनेट राख्ने । यसले दाँतमा किटाणुके संक्रमण हुन नदिनुका साथै सासलाई ताजा राख्न मद्दत गर्छ ।
:
१ . चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।
२ . खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ
३ . पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।
४ . पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।
५ . चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।
६ . जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।
७ .सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।
८ . ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।
९ . दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।























