एकजना महिलाले आफ्नो पति मरेको ३ वर्षपछि सोही लोग्नेको गर्भबाट जन्मिएको बच्चा पाएकी छिन् ।
सुन्दैमा अचम्म लाग्दछ र पत्यार नलाग्न पनि सक्छ ।
तर यो भारतमा भएको सत्य घटना हो । समाचार अनुसार ती महिलाका पतिको तिनवर्ष अघि कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसको तीनवर्ष पछि मृतककी पत्नी सुप्रियाले मुम्बइको एक अस्पतालमा बच्चा जन्माइन् । गौरब नामका पुरुष र सुप्रिया नामकी महिलाबीच बिहे भएको ५ वर्ष बितिसक्दा पनि उनीहरुका बालबच्चा नभएपछि टेष्टट्युब विधिबाट बच्चा पाउने प्रक्रिया सुरु गरेका थिए ।
डाक्टरले उक्त प्रक्रियाका लागि गौरवको शुक्रकिट संकलन गरी भण्डारण गरिसकेका थिए । तर दुर्भाग्य यसैबीच सन् २०१५ को अगष्टमा कार दुर्घटनामा गौरबको मृत्यु भयो । पतिको मृत्युपछि सुप्रिया विक्षिप्त बनिन् । तर उनले एउटा अठोट गरिन् कि गौरवको गर्भबाट बच्चा जन्माएरै छाड्ने । तर विडम्बना डाक्टरहरुले धेरैपटक कोसिस गर्दापनि सुप्रियामा आइभिएफ सफल भएन ।
त्यसपछि उनले भाडाको कोखको सहारा लिनुपर्यो । उनले एक महिलाको कोख भाडामा लिइन् र आफ्नो मृतक लोग्नको शुक्रकिटबाट भाडाकी ती आमामा गर्भाधारण गराई हालै बच्चा प्राप्त गरेकी छिन् । आफ्नो लोग्नेको मृत्यु भएको ठ्याक्कै तिन वर्षपछि लोग्नेकै गर्भाधानबाट जन्मिएको बच्चा प्राप्त गर्न पाउँदा सुप्रिया हर्षविभोर नहुने कुरै भएन ।
तर यो भारतमा भएको सत्य घटना हो । समाचार अनुसार ती महिलाका पतिको तिनवर्ष अघि कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसको तीनवर्ष पछि मृतककी पत्नी सुप्रियाले मुम्बइको एक अस्पतालमा बच्चा जन्माइन् । गौरब नामका पुरुष र सुप्रिया नामकी महिलाबीच बिहे भएको ५ वर्ष बितिसक्दा पनि उनीहरुका बालबच्चा नभएपछि टेष्टट्युब विधिबाट बच्चा पाउने प्रक्रिया सुरु गरेका थिए ।
डाक्टरले उक्त प्रक्रियाका लागि गौरवको शुक्रकिट संकलन गरी भण्डारण गरिसकेका थिए । तर दुर्भाग्य यसैबीच सन् २०१५ को अगष्टमा कार दुर्घटनामा गौरबको मृत्यु भयो । पतिको मृत्युपछि सुप्रिया विक्षिप्त बनिन् । तर उनले एउटा अठोट गरिन् कि गौरवको गर्भबाट बच्चा जन्माएरै छाड्ने । तर विडम्बना डाक्टरहरुले धेरैपटक कोसिस गर्दापनि सुप्रियामा आइभिएफ सफल भएन ।
त्यसपछि उनले भाडाको कोखको सहारा लिनुपर्यो । उनले एक महिलाको कोख भाडामा लिइन् र आफ्नो मृतक लोग्नको शुक्रकिटबाट भाडाकी ती आमामा गर्भाधारण गराई हालै बच्चा प्राप्त गरेकी छिन् । आफ्नो लोग्नेको मृत्यु भएको ठ्याक्कै तिन वर्षपछि लोग्नेकै गर्भाधानबाट जन्मिएको बच्चा प्राप्त गर्न पाउँदा सुप्रिया हर्षविभोर नहुने कुरै भएन ।
इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ । इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ ।
आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा सम्लग्नता रहेका तथा सार्वजनिक सम्पत्ती हिनाविना गरेको आरोपमा मुद्दा लागेका ७१३ जनमध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो । आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा उक्त समय करीब ७०० इजिप्टेली नागरिकको मृत्यु भएको थियो ।
जसमा बरिष्ठ ब्रदरशहुड नेता मोहम्मद एल–बेल्टागी, इश्लाम अल–आर्यन र सफ्वात हिजाजी अदालतको कठघरामा रहेका थिए भने अन्य सुनुवाइका क्रममा अनुपस्थित थिए ।
अदालतले गत मे महिनामा युनेस्को प्रेस स्वतन्त्रता पुरस्कार प्राप्त गरेका शावकान नामबाट चिनिने प्रसिद्ध फोटो पत्रकार महमद अवु जैदको सुनुवाई भने तत्कालका लागि स्थगित गरेको छ ।
बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली शासकलाई १९ वर्षीय रेहाना जब्बारीले भान्सामा राखेको चक्कुले छातिमा घोपेर मारिन् । यो उनको बाध्यता थियो । इरानी सरकारले ६ वर्ष पछि उनलाई फाँसीमा चढाएर मृत्युदण्ड दियो । मृत्युदण्डको केही साताअघि उनले आमालाई एउटा चिठ्ठी लेखेकी थिइन् । यो चिठ्ठी भर्खरै वाहिर आएको छ र संसारभर प्रसिद्ध भएको छ । उनको चिठ्ठी पढ्दा धेरैको मुटु रेटिन्छ ।
दुई थोपा आँशु मैल्े पनि झारें । मैले नाम मात्र सुनेकी कट्टर मुस्लिम देशकी रेहाना… तिमीलाई हार्दिक श्रद्धाञ्जली । रेहानाले आमाका नाममा लेखेका केही वाक्यांश
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो ।
त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन । मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन । हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त । जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ । जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास । न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् ।
तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् । र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो । मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न ।
म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न । त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस । मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस । मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न ।
म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि । यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
ट्यूनिसिया / ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रबासी शरणार्थी चढेको डुङ्गा दुर्घटनामा परी आइतबारसम्म कम्तीमा ३५ जनाको मृत शरीर उद्धार गरीएको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसअघि गृह मन्त्रालयले दिएको तथ्याङ्कमा मृतक सङ्ख्या ११ भएको जनाइएको थियो भने ६७ जनालाई समुद्रबाट सकुशल उद्धार गरेको बताइएको थियो ।
“ग्रीनवीच समय अनुसार आइतबार मध्यान्ह् १२ बजेसम्ममा तटबाट ३५ जनाको शव निकालिएको र ६८ जनालाई सकुशल उद्धार गरिएको छ,” रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।
गृह मन्त्रालयका अनुसार ट्यूनिसियाली स्फाक्स प्रान्तको सामुद्रिक तट नजिकै आप्रबासी शरणार्थी चढेको डुङ्गा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार गरी ६८ जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो । यसबारे बिस्तृत विवरण आउन अझै केही समय लाग्ने गृह मन्त्रालयले जनाएको छ ।
किभ : पश्चिमा सञ्चारमाध्यमले हत्या भएका पत्रकार अर्कादी बाब्चेन्को जीवितै फेला परेका छन्। उनले बुधबार साँझ युक्रेनी टेलिभिजनमा बोल्दै आफू जीवितै रहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रूसी पत्रकारको गोली हानी उनको हत्या गरिएको पश्चिमा सञ्चारमाध्यमले दाबी गरेका थिए।
उनको हत्या युक्रेनको राजधानी किभमा मंगलबार साँझ भएको बताइएको थियो। ती पत्रकारले युक्रेनबाट क्रिमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका कारण रूसी सत्ताको आदेशमा हत्या गराइएको समाचार सम्प्रेषण गरिएका थिए।
राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए। उनी के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलाइएको थिएन।
उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको जानकारी दिएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धमा उनले केही समयअघि निकै समाचार लेखेका थिए। उनी रूसका चर्चित र खोज पत्रकार मानिन्छन्। युक्रेनको राजधानी किभमा मंगलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको बताइएको थियो।
उनको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको थियो। यद्यपी अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रूपमा हत्या भएको संकेत मिलेको पश्चिमा सञ्चारमाध्यमले जोडतोले उल्लेख गरेका थिए।
अर्कादी बाब्चेन्को ४१ वर्षका छन्। उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रूसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए।
उनकी श्रीमतीलाई उद्धृत गर्दै उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर भएका समाचार सार्वजनिक भएका थिए। उनी रूसको आलोचकका रूपमा किभमा मारिने दुई वर्षयताका दोस्रो पत्रकार भएको भन्दै रूसको कडा आलोचना गरिएको थियो। किभका प्रहरी प्रवक्ता यार्सालोभ तारकोलोले पत्रकार बाब्चेन्कोको हत्या उनको व्यवसायसँग जोडिएको हुनसक्ने बताएका थिए। उनले भनेका थिए, ‘उनको पत्रकारिता व्यवसाय र उनको कार्यसम्पादनजस्ता विषय नै उनको हत्याको कारण हुनसक्छ।’
उनले रूसको विपक्षी दलको समर्थनमा प्रकाशित पत्रिका नोभिया गाजेतामा काम गर्ने गर्दथे । उनी किभमा रहेर स्तम्भ लेख्ने काम गर्थे । उनका लेख रुसमा चर्चित छन्। ।
उनलाई पछाडिबाट गोली हानिएको र अचेत अवस्थामा भुईँँमा लडेको अवस्थामा एम्बुलेन्समा राखेर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मत्यु भएको प्रहरीको भनाइ थियो । रूसले आफूलाई मार्ने धम्की आएको उनले बताएको चर्चा गर्दै हत्यामा रूसी संलग्नता पुष्टि गर्न खोजिएको थियो । त्यसलगत्तै उनले रूस छाडेको समाचार त्यतिबेला पनि आएको थियो । केही महिना प्राग बसेका उनी पछि युक्रेनको राजधानी किभमा सरेका थिए । गत वर्षदेखि उनी त्यहीँ बस्दै आएका छन् ।
सुरुमा सेनाका जागिरे रहेको र पछि त्यो जागिर छोडेर पत्रकारितातर्फ लागेको पाइएको छ । सेनामा भर्ना भएका उनी सन् १९९४ देखि २००० सम्मको चेचेन युद्धमा पनि खटिएका थिए । रूसी राष्ट्रपति पुटिनका आलोचक रूसमा बस्न नसक्ने अवस्था भएपछि युक्रेनमा बस्ने गरेको हुनाले उनी त्यहँ बस्दै आएको जनाइएको थियो । पुटिनका आलोचक अरूजस्तै बाब्चेन्को पनि छिमेकी देश युक्रेनमा बस्दै आएका हुन् । रूस विरोधी नेता र पत्रकारका लागि पछिल्ला केही वर्षमा किभ पनि एक असुरक्षित स्थान बन्दै गएको महसुस भएको दाबी गरिएको थियो ।
प्रेममा मानिसहरु कतिसम्म पागल हुन्छन् भन्ने कुरा अमेरिकाकी एक युवतीले प्रमाणित गरेकी छिन् ।
पहिलो डेटिङपछि एक युवकको प्रेममा पागल भएकी युवतीले एकतर्फी प्रेममा परेर ती युवकलाई एक वर्षको अवधिमा ६५ हजार मेसेज पठाइन् । उनले पठाएका कतिपय मेसेजहरु निकै अनौठा तथा धम्कीयुक्त पनि थिए ।
एरिजोनाको फोनिक्सकी बासिन्दा ३१ वर्षीया ज्याकलिन एडेसलाई प्रहरीले गत मे ८ मा पक्राउ गर्यो । उनीमाथि धम्क्याएको, दुव्र्यवहार गरेको तथा आक्रमणको प्रयास गरेको लगायत अभियोग छ ।
आफूमाथिको अभियोगका विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफूलाई ती पुरुषसँग डेटिङ गएपछि साँचो जीवनसाथी भेटेको र अब बिहे गरेर घरबार गर्नुपर्ने सोँचाई आएको बताइन् ।
उनले लक्जी नामक अनलाइन डेटिङ साइटमा ती पुरुषसँग चिनजान गरेर डेटिंग गएकी थिइन् ।
आफूले उक्त पुरुषलाई निकै माया गर्ने र आफूलाई कुनै स्वार्थ नरहेको उनले बताइन् ।
तर उनले पठाएका कतिपय मेसेजहरु निकै आपत्तिजनक थिए । जसमा उनले लेखेकी थिइन्, मलाई छाड्ने कोसिस नगर… मारिदिन्छु… म हत्यारा बन्न चाहन्नँ… आदि ।
साथै उनले आफू नयाँ हिटलर भएको र पुरुषको रगतले नुहाउन चाहेको भन्ने खालका मेसेज पनि पठाएकी थिइन् ।
गत वर्षदेखि उनले दिनमा ५ सय वटासम्म मेसेज पठाउने गरेकी थिइन् । तर गत महिनादेखि उनी निकै उग्र बनिन् ।
एकदिन उनी एक्कासी ती पुरुषको घरभित्र छिरेर उनको बाथटवमा नुहाइन् । साथै उनले पुरुषको अफिसमा गएर आफू उनको पत्नी रहेको बहाना पनि पारिन् ।
एजेन्सी
बेलायतका राजकुमार ह्यारी र मार्कल बिच शनिबार राजकीय विहे सम्पन्न भयो।वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना लगायत हजारौंको संख्यामा उपस्थीत सर्वसाधारणले उक्त राजकीय विवाहको खुशी साटासाट गरेका थिए ।तर राजकुमार ह्यारीले समारोहमा एकाएक भावुक हुँदै आँशु खसाले ।
विशेष गरी एशीयाली मुलुकहरुमा विवाहमा दुलही बिदाईको समयमा रुने गर्दछन् तर बेलायतको शाही विहेमा भने राजकुमार ह्यारी रोएका
हुन्।यतीखेर राजकुमार ह्यारीले समारोहमा भावुक हुँदै रोएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। ह्यारी १२ बर्षको हुँदा उनकी आमा राजकुमारी डायनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।सामाजिक सञ्जालमा धेरैले उनी सायद आमाको सम्झनामा रोएका हुन् भनी प्रतिक्रिया दिएका छन् ।
विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले औँठी साटासाट गरी राजकीय परम्परा अनुसार विवाह भएको हो।
गिनिज बुकको औपचारिक रेकर्ड अनुसार जापानकी ११७ वर्षीया चिया मियाको विश्वकी सबैभन्दा पाको उमेरकी मानिस हुन् ।
तर दुनियाँमा यिनीभन्दा ११ वर्ष जेठी अर्की महिला गुमनाम छिन् ।
यी महिलाको उमेर १ सय २८ वर्ष भएको दाबी गरिएको छ । उनले अर्को आफ्नो १ सय २९ औँ जन्मदिन मनाउँदैछिन् ।
रुसी नागरिक कोकु इस्ताम्बुलोभाले जीवनका १२८ वर्ष व्यतीत गरिरहँदा आफूले जीवनमा एक दिनपनि खुसी र सुखको अनुभुति नगरेको बताउँछिन् ।
रुसी क्रान्ति सफल भएर अन्तिम जार शासकलाई हटाउँदा उनी २७ वर्षकी थिइन् ।
दोश्रो विश्वयुद्ध समाप्त हुँदा उनी ५५ वर्षकी थिइन् भने सोभियत संंघ टुक्रिँदा १०२ वर्षकी भैसकेकी थिइन् ।
चेनन्याकी बासिन्दा इस्ताम्बुलोभाले मासु खाँदनिन् तर दूध-दही भने मज्जाले खान्छिन् ।
आफू कसरी यति धेरै उमेरसम्म बाँचे भन्ने उनलाई थाहा छैन । तर आफ्नो लामो जीवन आफ्ना लागि सजाय जस्तै भएको उनको भनाइ छ ।
उनी आफैंले मात्र आफू १ सय २८ वर्षको दाबी गरेकी होइनन् । बकाइदा सरकारी कागजातमा पनि उनको उमेर यहीँ छ । उनको राहदानीमा जन्ममिति १ जुन १८८९ रहेको छ ।
दोश्रो विश्वयुद्धमा आफ्नो गाउँमा जर्मन सेनाका ट्यांकरहरु कुँदिरहेको त्रासद घटना उनी अहिले पनि सम्झिन्छिन् ।
पछि रुसी शासक स्टालिनले नाजीसँग सहकार्य गरेको आरोपमा पूरै चेचेन राज्यका मानिसहरुलाई कजाखस्तान र साइबेरियामा स्थानान्तरण गरेका थिए ।
तपाइँ कसरी यतिधेरै बाँच्नुभयो भन्ने प्रश्नमा उनी आफूले बाँच्नका लागि केही नगरेको र यो सबै भगवानको देन भएको बताउँछिन् ।
मानिसहरु स्वस्थ र दीर्घजीवी रहनका लागि व्यायाम गर्ने, खेलकुद गर्ने, राम्रो राम्रो खाने गरेकोे देखेको भन्दै उनले जीवनमा आफूले त्यस्तो कहिल्यै नगरेको बताइन् । यत्रो उमेरसम्म आफूले एकदिन पनि खुसी प्राप्त नगरेको र सधैंभरि बारी खनेरै र कठीन काम गरेरै दिन गुजारेको उनको भनाइ छ ।
उमेरले १ सय २८ वर्षकी भए पनि उनी अझै आफैले खान तथा हिँडडुल गर्न सक्छिन् । तर आँखा चाहिँ कमजोर हुँदै गएका छन् ।
आफ्नो जीवनमा उनले धेरै कुरा गुमाइन् र आफूबाट जन्मिएका धेरै सन्तानहरु पनि उनको आँखा अगाडि नै मरे । उनको छोरा ६ वर्षको उमेरमै मरेको थियो भने एकजना मात्र जिवित सन्तानको रुपमा रहेकी छोरीको १ सय ४ वर्षको उमेरमा पाँच वर्षअघि मृत्यु भयो ।
वृद्धवृद्धाहरुलाई पेन्सन दिने सरकारी पेन्सन कोषका सरकारी अधिकारीहरुका अनुसार रुसमा अहिले १ सय १० वर्षभन्दा पाको उमेरका ३७ जना मानिस छन् । ती सबै रुसको ककसस क्षेत्रका बासिन्दा हुन् । त्यो क्षेत्रमा लामो आयु भएका मानिसहरुका लागि परिचित छ ।
बेलायतका राजकुमार ह्यारी र उनकी प्रेमिका मेघान मार्कल विवाह बन्धनमा बाँधिएका छन् ।
बेलायतको विन्डसोरस्थित सेन्ट जोर्जेज च्यापलमा शाही परम्परा अनुसार राजकुमार ह्यारी र मेघान मार्कल विवाह बन्धनमा बाँधिएका हुन् । बेलायतकी रानी एलिजाबेत द्वीतियको उपस्थितिमा सम्पन्न विवाहमा विश्व प्रख्यात हस्तीका साथै ६ सय जना विशिष्ट पाहुनालाई आमन्त्रण गरिएको थियो ।
विवाहको साक्षी बन्न विन्डसोर महलको सडकमा लाखौं प्रशंसकहरुको उपस्थिति रहेको थियो । यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका ‘ड्युक र डचेस’का रुपमा चिनिने घोषणा गरिएको थियो ।
समारोहमा सहभागी हुन नेताहरू निमन्त्रणा दिइएको थिएन ।
तर प्रधानमन्त्री टरिजा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामान दिएकी थिइन् । शाही परिवार भन्दा फरक पृष्ठभूिमबाट भएको यो विवाहपछि राजकुमार ह्यारी र मार्केलले शाही सिंहाशनमा भने बस्न पाउने छैनन् ।
महिलामात्रै सिंहाशनमा बस्ने नियम भएपनि मार्केल शाही परिवारकी नभएकाले ह्यारी र मार्केलले ड्युक र डेचसको रुपमा राजकीय भोगचलन गर्नेछन् । ह्यारी र मेघानको वैवाहिक समारोह विश्वभरका करोडौ नागरिकले टेलिभिजनमार्फत प्रत्यक्षरुपमा हेरेका थिए ।
चार वर्षअगाडि रहस्यमय तरिकाबाट बेपत्ता भएको मलेसियाली विमान एमएच–३७० अहिलेसम्म फेला पर्न सकेको छैन। अहिलेसम्म पनि यो विमान फेला नपर्नु र दुर्घटना हुनुको कुनै प्रकारको सुराक पाउन सकेको छैन। यद्यपि उक्त घटनासँग जोडिएको सोधले एउटा ठुलो खुलासा गरेको छ।
मामिलाको जाँचमा लागेका सुरक्षा विज्ञहरुको टोलीले विमानका पाइलटले त्यसलाई जानीजानी नै दुर्घटना गराएको दावी गरेका छन्। विज्ञहरुको टोलीले उक्त विमानको खोजमा आफ्नो जीवनका दुई वर्ष लगातार बिताएका एक व्यक्तिलाई पनि समावेश गरेका छन्।
सन् २०१४ मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङतर्फ गइरहेको मलेसियन एयरलाइन्सको उक्त विमान बीच मार्गबाट बेपत्ता भएको थियो। विमानमा २ सय ३९ यात्रु थिए। उक्त विमान खोज्नमा करिब १७ करोड रुपियाँ खर्च गरिसकेको छ। तर अहिलेसम्म पनि यसको कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।
विमानका केही अवशेष भने हिन्द महासागरमा फेला परेका थिए।
यस जाँचको प्रमुख मार्टिन डोलन हुन्। उनले यो घटना सबै सुनियोजित षड्यन्त्रका रूपमा पुरै योजनाबद्ध तरिकाबाट भएको बताएका छन्। विज्ञहरुका अनुसार उक्त उडानका पाइलट क्याप्टेन ५३ वर्षीय जाहरेले जानीजानी आफूसँग त्यस्तो को–पाइलटलाई साथमा लगेका थिए, जोसँग दुई इन्जिनका ठूला विमान अर्थात् बोइंग ७७७ उडाएको कुनै अनुभव थिएन। पाइलट जाहरेले उडान सप्mटवेयरलाई बिगारेर त्यसलाई गलत मार्गमा लगेको प्रष्ट हुने प्रमाण आफूसँग रहेको डोलनले बताए। उनले भने– ‘यदि मैले विमानलाई आत्महत्याको प्रयोजनमा प्रयोग गर्ने हो भने म पनि त्यस्तै गर्थेँ।’
क्यानाडाका हवाई दुर्घटना अनुसन्धानकर्ताले भने जाहरे उडान दुर्घटना ग्रष्त हुनु अगाडि विमानबाट बाहिर निस्केको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
उनका अनुसार जाहरेले विमान दुर्घटनाग्रष्त गर्न जानीजानी त्यस्तो ठाउँमा लगे, जहाँ हावाको दबाब कम थियो। त्यहाँ पुगेपछि उनले अक्सिजन मास्क लगाएको तर बाँकी यात्रुहरु बेहोस भएको हुन सक्ने उनले बताए। जाहरेले त्यस्तो आत्मघाती काम किन गर्यो भन्ने विषयमा विज्ञहरुले अहिलेसम्म केही भनेका छैनन्। यद्यपि उनले कुनै आतंककारी षड्यन्त्र हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छन्। यदि त्यस्तो हो भने अहिलेसमम कुनै न कुनै संगठनले यसको जिम्मेवारी लिइसकेको हुने उनले बताए। याे खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।
५ जेठ, काठमाडौं । क्युबामा विमान दुर्घटना हुँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ ।
होलगुइनका लागि उडेको बोइङ ७३७-२०१ विमान राजधानी हवानामा रहेको जोस मार्टी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो ।
विमान स्थानीय समयअनुसार दिउँसाे १२ः०८ बजे उडेको थियो । विमानमा ११० यात्रु र चालक दलका सदस्य सवार थिए ।
बीबीसीका अनुसार, विमानका अधिकांश यात्रु क्युबाका थिए भने विमानका कर्मचारी मेक्सीकोका हुन् ।
क्युबाको कम्युनिस्ट पार्टीको समाचारपत्र ग्रान्मालाई उद्धृत गर्दै बीबीसीले जीवितै उद्धार गरिएका ३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन ।
क्युबाका राष्ट्रपति मिगल डियाज केनलले दुर्घटनास्थलको अवलोकनपछि दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुःख व्यक्त गरेका छन् ।
सो विमान मेक्सिकोको एक चार्टर कम्पनी दमोझको हो जसलाई क्युबाको सरकारी एयरलाइन्सले भाडामा लिएर चलाइरहेको थियो ।
एउटा यस्तो भवन, जो पूरै विश्वमा सबैभन्दा धेरे बदनाम छ । थाहा छैन, तपाइँलाई यसबारेमा जानकारी छ या छैन । यदि छैन भने थाहा पाउनुहुनेछ अब ।
यो भवन बाहिरबाट जस्तो देखिन्छ, भित्रको दुनियाँ पूरै उल्टो छ । देख्दा त यो भवन अन्य आम भवनहरु जस्तै नै देखिन्छ ।
हङ्कङकाे फूजी इलाकामा रहेको यो भवन त्यसमा बस्ने यौनकर्मी महिलाहरुका कारण विश्वभर नै बदनाम छ ।
मिडिया रिपोर्टका अनुसार यस भवनमा केवल वेश्यावृत्तिमा संलग्न महिलाहरु मत्र बस्दछन् । बस्नेमात्र होइन, यो भवनमा ती महिलाहरुले दैनिक लाखौँको कमाई गरिरहेका हुन्छन् ।
यो भवन २२ तले छ । तीमध्ये ४ वटा तलामा मात्र पसलहरु रहेका छन् । अरु १८ वटा तलामा यौनकर्मी महिलाहरुले आफ्नो अखडा जमाइरहेका छन् । हरेक यौनकर्मी महिलाको आफ्नै वेश्यालय छ, त्यहाँ ।
समाचार अनुसार, यो भवनमा विभिन्न देशका गरी डेढ सयभन्दा धेरै यौनकर्मी महिलाहरु बस्दछन् ।
यहाँका वेश्यालयमा मानिसहरुको यति भीड लाग्दछ कि भवनका लिफ्टमा मानिसको लाइन हुन्छ । तन्नेरीदेखि वृद्धावस्थासम्मका ग्राहकहरु त्यहाँ पुग्दछन् ।
भवनभित्र रंगी बिरंगी प्रकाशहरुबाट करिडोर सजिएको हुन्छ । हरेक तलामा रहेका हरेक फ्लाटको गेटमा विभिन्न भाषाका संकेतहरु दिइएको छ । हरेक फ्लाटमा यौनकर्मी महिलाको अखडा छ ।
क्यालिफोर्नियामा आफ्नै बाबुआमाले बन्धक बनाएका १३ सन्तानलाई प्रहरीले उद्धार गरेको छ । वर्षौंदेखि बन्धक बनाइएकामध्ये एक किशोरी भागेर प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनीहरूको उद्धार गरेको हो । सन्तान बन्धक बनाउने डेभिड एलिन टर्पिन र उनकी पत्नी लुइस अन्ना टर्पिनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
बाबुआमाले सन्तानलाई बन्धक राख्नुको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरूलाई कम्तीमा सात वर्षदेखि बन्धक बनाइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।प्रहरीका अनुसार बन्धक बनाइएका सबै सन्तानलाई दुर्गन्धित अवस्थामा राखिएको थियो । प्रहरीका अनुसार सो घरमा बन्धक बनाइएका १३ जनामध्ये सातजना १८ देखि २९ वर्षका थिए ।
उनीहरू कुपोषणग्रस्त देखिनुका साथै अनुहार मलिन र पहेँलो देखिन्थ्यो । ‘पीडित सन्तान कुपोषणग्रस्त र फोहोरी देखिन्थे, उनीहरूलाई निकै दुर्गन्धित स्थानमा राखिएको थियो,’ प्रहरीले भनेको छ । अभिभावकले उनीहरूलाई चेनले बाँधेर राख्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन ।
प्रहरीको उद्धारपछि बन्धक बनाइएका पीडित बालबालिका र वयस्कलाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।
उनीहरूको अवस्था अत्यन्तै दयनीय देखिएको एक अस्पतालका प्रमुख मार्क उफरले जानकारी दिए । उनले भने, ‘उनीहरूको अवस्था साँच्ची नै दयनीय देखिन्थ्यो । उनीहरूलाई देख्दा विश्वासै गर्न सकिँदैनथ्यो । २९ वर्षका वयस्क पनि बालबालिकाजस्ता देखिन्थे ।’ उनीहरूलाई लामो समयदेखि सीमित खानेकुरा दिइएको हुन सक्ने अस्पतालले अनुमान गरेको छ । सिक्रीमा बाँधिएकामध्ये केहीको मानसिक सन्तुलन गुमेको अनुमान गरिएको छ ।
प्रहरीको रेकर्डअनुसार क्यालिफोर्निया जानुअघि सो दम्पती धेरै वर्ष टेक्सासमा बसेको थियो । टर्पिनले वायु तथा रक्षा प्रविधिसम्बन्धी कम्पनी नर्थरोप ग्रुमम्यानमा कुनै समय काम गरेका थिए । सो कम्पनीले टर्पिनलाई आकर्षक तलब दिएको एउटा रेकर्डमा देखिएको प्रहरीले जनाएको छ ।
तर, सन्तान र पत्नी बेरोजगार भएसँगै उनको खर्च आम्दानीभन्दा दोब्बर बढेको थियो । उनी दुईपटकसम्म टाट पल्टिएको बैंक रेकर्डमा देखिएको छ ।
डेभिड टर्पिनले बन्धक बनाउन प्रयोग गरेको घरलाई निजी विद्यालयका रूपमा दर्ता गरेको क्यालिफोर्नियाको शिक्षा विभागको वेबसाइटमा उल्लेख छ । घरलाई स्यान्ड क्यासल डे नाम दिइएको र टर्पिन त्यहाँका प्रिन्सिपल रहेका विभागको वेबसाइटमा जनाइएको छ । सन् २०११ को मार्च २१ मा स्थापना गरिएको भनिएको सो ‘विद्यालय’मा १ देखि १२ कक्षा खोलिएको उल्लेख छ । ६ जना विद्यार्थी सो विद्यालयमा भर्ना भएको रेकर्डमा देखाइएको छ । सबैजना फरक–फरक कक्षामा पढ्ने जनाइएको छ । सो वेबसाइटअनुसार विद्यालय अझै ‘सक्रिय’ छ ।
टर्पिनले आफ्ना परिवारलाई लामो समयदेखि गुपचुप राखेको छिमेकीले बताएका छन् । एक छिमेकीले भने, ‘टर्पिनले आफ्ना सन्तानलाई बाहिर निकाल्दैनथे । उनीहरूको घरमा बाहिरी मानिस जाँदैनथे । टर्पिनका सन्तानलाई भेट्न पनि अरू कोही जाँदैनथे । सामान किन्नुपरेमा कहिलेकाहीँ टर्पिनले गाडीमा राखेर सँगसँगै पसल लान्थे ।’‘बच्चाबच्चीलाई कहिल्यै पनि बाहिर नदेखाउँदा हामी छक्क पथ्र्यौं,’ टर्पिनका अर्का छिमेकी किम्बले मिलिगान भन्छिन्, ‘सन्तानलाई घरमै पढाएको हुन सक्ने अनुमान गथ्र्यौं तर केही गडबड भएजस्तो लाग्थ्यो ।’
५७ वर्षीय डेभिड एलिन टर्पिन र उनकी पत्नी ४९ वर्षीया लुइस अन्ना टर्पिनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई बालबालिकामाथि दुव्र्यवहार र यातना दिएको आरोप लगाएको छ ।
प्रहरीले छापा मार्दा दुई वर्षदेखि २९ वर्षसम्मका सन्तान लस एन्जलसबाट ५९ माइल दक्षिण–पूर्वको पेरिसमा रहेको एउटा कोठामा सिक्रीले बाँधेको अवस्थामा फेला परेका थिए । सिक्रीमा बाँधिएकामध्ये प्रायः छोरी थिए । पीडितमध्येकी एक १७ वर्षीया किशोरी घरबाट भागेर प्रहरीलाई खबर गरेकी थिइन् । कुपोषणका कारण १० वर्षकी बालिकाजस्तै देखिने उनी आइतबार दिउँसो घरबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन् । उनी घरमा रहेको मोबाइल लिएर भागेकी थिइन् ।
बीबीसी– पहिलो विश्वयुद्धभन्दा अघि प्यालेस्टाइन अटोमन साम्राज्यको एउटा जिल्ला थियो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरुबाट पराजित भएको थियो ।
पहिलो विश्वयुद्धपछि प्यालेस्टाइन बेलायतको नियन्त्रणमा आयो । तर समस्या समाधान हुनुको साटो झनै बल्झियो । यो भूगोल अरबीहरुको बासस्थान थियो तर यहुदीहरु पनि यहाँ बस्न चाहन्थे ।
हजारौँ वर्ष पहिलेदेखि यहुदीहरुको यो क्षेत्रसँग ऐतिहासिक र धार्मिक सम्बन्ध छ । उनीहरुलाई के लाग्यो भने प्यालेस्टाइनमा बस्न पाउनु उनीहरुको ईश्वरीय हक हो । बीसौँ शताब्दीको सुरुमा हजारौँ यहुदी इजरायल बन्नुभन्दा पहिला यो क्षेत्रमा आउन थालेका थिए ।
युरोपमा यहुदी समुदायले यहुदी भएकै कारण धेरै यातना बेहोर्नु परेको थियो । दोस्रो विश्वयुद्धमा नाजीले यहुदीमाथि गरेको अत्याचारका कारण धेरै ठूलो सङ्ख्यामा यहुदीहरु यो क्षेत्रमा आएका हुन् ।
यसरी बनेको थियो इजरायल
यहुदीहरुमाथि विश्वभरी नै अत्याचार भयो । दोस्रो विश्व युद्धपछि बेलायतले के फैसला गर्यो भने अब प्यालेस्टाइनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले नै के गर्ने भन्ने निर्णय गरोस् ?
संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनलाई दुई देशमा विभाजन गर्न सुझाव दियो । एउटा अरब र अर्को यहुदीका लागि । अरबीहरुले यो योजना स्वीकार गरेनन् तर यहुदी नेताहरुले संयुक्त राष्ट्रसङ्घको यो प्रस्तावलाई स्वीकार गर्दै इजरायलको घोषणा गरे । अमेरिकी राष्ट्रपतिले इजरायलको त्यही समयमा मान्यता दिए ।
इजरायलको घोषणासँगै युद्ध सुरु भयो । महिनौँसम्म चलेको युद्धपछि इजरायल र अरबी छिमेकी युद्ध रोक्न सहमत भए । यता इजरायललाई अन्तर्राष्ट्रिय स्तरमा देशको मान्यता मिल्दै गयो ।
इजरायल पूर्वी भूमध्य सागरको अन्तिम विन्दुमा रहेको छ । यसको दक्षिणी भाग लाल सागरसम्म छ । पश्चिममा यो मिश्रसँग जोडिएको छ । पूर्वमा जोर्डनसम्म फैलिएको छ । लेबनान यसको उत्तरमा र र सिरिया उत्तर पूर्वमा पर्छ ।
शक्तिशाली इजरायल
इजरायल र प्यालेस्टीन दुवै मुलुक जेरुसलमलाई राजधानी बनाउन चाहन्छन् । हालसालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई इजरायलको राजधानीको मान्यता दिएको छ । तर संयुक्त राष्ट्रसङ्घको सभामा विश्वका धेरै देशहरुले यसलाई अस्वीकार गरिदिएका छन् ।
इजरायल १९४८ मा बनेको हो । ६९ वर्षको तिहास बोकेको इजरायलको क्षेत्रफल २० हजार ७ सय वर्ग किमि छ । यहाँको जनसङ्ख्या ८५ लाख मात्रै छ । खनिज सम्पदाको मामलामा पनि इजरायल सानो नै छ । तर पनि इजारयलको गन्ती विश्वका ती देशसँग हुन्छ, जसको प्रविधि र सैन्य क्षमताको उदाहरण विश्वभर दिइन्छ ।
जेरुसलम पोस्टका पूर्व सम्पादक याकोव कात्जले ‘द वेपन विजार्डसः हाउ इजरायल विकम अ हाई–टेक मिलिटिरी सुपरपावर’ नामक पुस्तक लेखेका छन् । उनी लेख्छन्– ‘इजरायल गठन भएको जम्मा दुई वर्षपछि १९५० मा देशको पहिलो व्यावसायिक प्रतिनिधिमण्डल दक्षिणी अमेरिका पठाएको थियो । इजरायल विजनेस पार्टनरको लागि सारै दुःखी थियो । इजरायलसँग आफ्नो अर्थव्यवस्थालाई बजबुत बनाउन सक्ने प्राकृतिक स्रोत साधन थिएन । त्यो सयमा त्यहाँ न तेल थियो न त खनिज सम्पदा नै ।’
यावकोव लेख्छन्– ‘त्यो प्रतिनिधिमण्डलले कैयौँ बैठक गर्यो । तर सबैले मजाक उडाए । इजरायलको सुन्तला, मट्टीतेलबाट जल्ने स्टोभ र नक्कली दाँतको व्यापार गर्ने बारे प्रस्ताव राखि रहेका थिए ।
अर्जेन्टिनामा सुन्तलाको उत्पादन धेरै हुन्थ्यो । त्यहाँ विद्युतको कमी थिएन । यसकारण मट्टीतेलको पनि आवश्यकता थिएन । इजरायल पहिला निर्यात के गथ्र्याे भन्ने कल्पना गर्न पनि अप्ठेरो हुन्छ । आजको मितिमा इजरायल हाइ–टेक सुपरपावर भएको छ ।
उसले हतियार उत्पादनमा उठो धनराशी खर्च गरी विश्वभर आधुनिक हातहतियारको व्यापार गर्छ । उसले हतियार मात्र प्रत्तेक बर्ष करिब ६.५ अरब डलरको हतियार बेच्छ ।
यावकका अनुसार– ‘१९८५ सम्म इजरायल विश्वमा सबैभन्दा ठूलो ड्रोन निर्यातक देश बन्यो । उसले उत्पादन गरेका ड्रोनको ६० प्रतिशत विश्व बजारमा कब्जा थियो । उदाहरणका लागि २०१० मा पाँच नेटो देशले अफगानिस्तानमा इजरायली नै ड्रोन उडाउथे । जुन देशको स्थापना भएको ७० वर्ष समेत भएको छैन । उसले विश्वमा सबैभन्दा आधुनिक सेना कसरी तयार गर्यो ? यसको जवाफ उसको राष्ट्रिय संरचनामा नै निहित छ । पहिलो कुरा यो सानो देश भए पनि आफ्नो जीडीपीको ४.५ प्रतिशत खर्च अनुसन्धानमा खर्च गर्छ ।’
इजरायलका बारेमा के भनाई छ भने उसले आफ्नो देशमा नागरिक हैन, सेना तयार गर्छ । त्यहाँका हरेक नागरिकले सेनामा सेवा गर्नुपर्छ । मध्य–पूर्वमा देशहरु मध्ये इजराईल सुरक्षित देशको रुपमा चिनिन्छ ।
यावकोवका अनुसार– ‘सन् २००० मा इजरायली एयरफोर्सलाई पहिलो अपरेसनल एरो मिसाइल ब्याट्री मिलेको थियो । यस अपरेसनल सिस्टमका साथ नै इजरायल विश्वको पहिलो देश बन्यो । जसले दुश्मन देशका मिसाइललाई बाटोमा नै नष्ट गर्ने क्षमता हाँसिल गर्यो । इजरायलको एरो मिसाईल प्रविधि आफैमा अनौठो किसिमको थियो । इजरायलसँग क्षेत्रफलको कमीका कारण यो ब्यालेस्टिक मिसाइलको तुलनामा धेरै प्रभावकारी छ ।’
सन् १९८९ मा इजरायलले अन्तरिक्षमा पहिलो जासुसी उपग्रह प्रक्षेपण ग¥यो । यसका साथै इजरायल ती आठ देशहरुको समूहमा समावेस भयो, जससँग स्वतन्त्र रुपमा उपग्रह प्रक्षेपणको क्षमता छ । सुरुमा इजरायल यस ‘क्लब’मा समावेश हुन पाउला र भनिन्थ्यो ? तर पछि उ पनि यसमा सामेल भयो ।
सैन्य शक्ति
आज इजरायल उपग्रह प्रक्षेपणमा धेरै अगाडी छ । अहिले अन्तरिक्षमा उसका आठ जासुसी उपग्रह छन् । विश्वमा इजरायलका जासुसी उपग्रहको कुनै सिमा छैन
भन्ने विश्वास गरिन्छ ।
इजरायल विश्वभरीमा आफ्नो ‘मर्कावा ट्याङ्क’का लागि प्रख्यात छ । यसलाई आईडीएफ अर्थात इजरायली डिफेन्स फोर्समा सन् १९७९ मा सामेल गरिएको थियो । यसलाई उसले आफैले निमार्ण गरेको हो । आईडीएफमा करिब १ हजार ६ सय मर्कावा ट्याङ छन् । इजरायली एयरफोर्ससँग एफ–१५१ थन्डर लडाकु विमान छन् ।
मध्य–पूर्वमा एफ–१५१ धेरै घातक लडाकु विमान मानिन्छ । यसमा हावाबाट हावामा मार गर्ने क्षमता छ । इजरायलसँग जेरिको–३ परमाणु प्रतिरोधक क्षमता छ । जेरिको–१ ब्यालेस्टिक मिसाइललाई इजरायली सेनाले १९७० को दशकमा नै प्रयोग गरेको थियो । पछि यसको ठाउँ जेरिको–२ ले लियो । अहिले जेरिको–३ छ ।
परमाणु क्षमता
समग्र विश्वमा इजरायल, हङ्ङकङ र दक्षिण कोरियाको अर्थव्यवस्थालाई सबै भन्दा स्थिर मानिन्छ । यस्तो शून्य महँगी दर र बेरोजगारीमा कमीको आधारमा भनिन्छ । इजरायलको कुल ग्राहस्त उत्पादन (जीडीपी) ३१८.७ अरब डलर छ भने आर्थिक बृद्धिदर झण्डै ४ प्रतिशत छ ।
इजरायल आधिकारिक रुपमा आफूलाई परमाणु शक्ति सम्पन्न देश भन्दैन । तर के भनिन्छ भने उसले ७० को दशकमा
परमाणु परिक्षण गर्न थालेको थियो । वासिङ्टनस्थित ‘आम्र्स कन्ट्रोल एसोसिएसन’को हालै प्रकाशित रिपोर्टका अनुसार इजरायसँग कुल ८० परमाणु हतियार छन् ।
अब प्रश्न उठ्छ के त्यहि कारणले भारतले इजराईललाई शक्तिका हिसावले नै महत्व दिई रहेको हो ? मध्यपूर्व मामलाका जानकार कमर आगा भन्छन्– ‘इजरायलसँग भारतको सम्बन्ध पारस्परिक हो । उनले भने दुवै देशको आ–आफ्नो आवश्यकता छ ।’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भारतको छ दिने भ्रमणमा छन् । कुनै पनि राष्ट्र प्रमुखका लागि छ दिने भ्रमणको निकै महत्व हुन्छ ।
तथ्याङ्क के भन्छ ?
पूर्व विदेश सचिव कंवल सिब्बल भन्छन्– भारतले विदेश नीतिमा अहिले पनि कसैको दबाबमा काम गर्दैन । कमर आगा पनि भारतले इजरायल प्रेम अरब देशरुको उपेक्षा गर्न सक्दैन ।
यसलाई वाणिज्य मन्त्रालयको तथ्याङ्कले पनि बुझ्न सकिन्छ । व्यवसाय, सुरक्षा, ऊर्जा र राजनीतिक हितहरुको नजरमा पनि मध्यपूर्व भारतका लागि धेरै महत्व राख्छ । भारतको वाणिज्य मन्त्रालयका अनुसार २०१६–१७ मा अरब देशहरुसँग भारतको व्यापार १२१ अरब डलर भएको छ ।
यो भारतको कुल विदेश व्यापारको १८.२५ प्रतिशत हो । इजरायलका साथ भारतको व्यापार पाँच अरब डलरको थियो । जुन कुल व्यापारको एक प्रतिशत पनि होइन । भारतको इजरायलसँग सुरक्षा सम्बन्ध धेरै पुरानो छ, जबकि अरब देशहरुसँग रोजगार, विदेशी मुद्रा र उर्जाका लागि धेरै महत्व राख्छ ।
मुस्लिम देश साउदी अरबमा हालै महिलालाई मताधिकारका साथै चुनावमा उमेद्धार बन्ने अधिकार दिइयो र त्यहाँको स्थानीय चुनावमा केही महिला उमेद्धारले जित समेत हासिल गरे । इतिहासमा पहिलो पटक साउदीमा महिला नेता बने । न्युजिल्याण्डले १८९३ मै प्रदान गरेको यो महिला अधिकार साउदी महिलाले बल्लतल्ल सिमित रुपमै भएपनि प्राप्त गरे ।
तर अहिलेपनि साउदी अरबमा महिलामाथि ठूलो विभेद छ र कडा मुस्लिम कानून अनुसार महिलालाई विभिन्न विषयहरुमा बन्देज लगाइएको हुन्छ । लोकतान्त्रिक मुलुक वा अन्य धर्म मान्ने देशका महिलाहरुले सदियौँदेखि उपभोग गर्दै आएका अधिकार साउदी महिलाले अहिलेसम्म पनि उपयोग गर्न पाएका छैनन् ।
साउदी महिलाले अहिलेसम्म पनि गर्न नपाएका ५ काम यस्ता छन्ः
· साउदी अरबमा महिलाहरुले आफ्नो नाममा बैंक अकाउण्ट खोल्न पाउँदैनन् ।
· महिलाहरुलाई आफ्नो पुरुष अभिभावकको अनुमति विना घुम्न, आधिकारिक व्यवसाय संचालन गर्न तथा आफ्नो सरीरको स्वास्थ्य चेकजाँच गर्न समेत निषेध छ ।
· साउदी महिलाले बुर्का नलगाइकन बाहिर हिड्न पाउँदैनन् । महिलाले बाहिर हिँड्दा सरीरको आँखा र हात मात्र देखाउन पाउँछन् अरु सबै अंग छोप्नैपर्छ ।
· सार्वजनिक स्थानमा परिवार वा आफन्त बाहेकको पुरुषलाई भेट्न महिलाले पाउँदैनन् । यसलाई सख्त रुपमा कार्यान्वयन गर्नका लागि सार्वजनिक संस्थाहरुमा समेत महिला र पुरुषका लागि छुट्टाछुट्टै स्थान बनाइएका छन् ।
कतिपय ठाउँमा कार्यालय, विद्यालय तथा विश्वविद्यालय समेत महिला र पुरुषका लागि अलग अलग हुने गर्छन् ।
· साउदी महिलाहरुले गाडी चलाउन पाउँदैनन् । महिलाले गाडी चलाउनुलाई हराम भनिन्छ । महिलाले गाडी चलाएर बाहिर निस्किँदा परपुरुषसँग आँखा जुध्नसँग वा भेटघाट हुनसक्छ भन्ने डरका कारण यसो गरिएको हो । तर महिला अधिकारवादीहरुले भने सन् १९९० को दशकदेखि नै साउदीमा महिलाले गाडी चलाउने अभियान नै संचालन गरिरहेका छन् र बेलाबेलामा गाडी चलाएर विरोध प्रदर्शन समेत गर्दछन्
सिरिया,दमास्कस । विद्रोहीले कब्जामा लिएको सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्यास आक्रमण भएको छ । ग्यास आक्रमण भएपनि कुनै मानविय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको क्षेत्रमा क्लोरिन ग्यास प्रहार भएको बताइएको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको बताइएको छ ।
सिरियामा गृहयुद्ध शुरु भएदेखि नै क्लोरिन ग्यासको हमला भएका घटना पटकपटक आउने गरेका छन् । युद्धका क्रममा रासायनिक हतियार प्रयोग नगरिएको दाबी सरकारी अधिकारीहरुले गरेका छन् । सन् २०१३ मा रुस समर्थित सरकारी सेनाले यो क्षेत्रको घेराबन्दी गर्दा चार लाख मानिस फसिरहेका छन् ।
यो महिनाको शुरुवातदेखि सो क्षेत्रमा मिसाइल र हवाई आक्रमण तीब्र हुँदा ८५ जना मारिएका छन् भने त्यहाँको सर्वसाधारण थप मारमा परेका छन् । मिसाइल आक्रमणका कारण दर्जनौं भवनहरुमा क्षती पुगेको छ ।
बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली शासकलाई १९ वर्षीय रेहाना जब्बारीले भान्सामा राखेको चक्कुले छातिमा घोपेर मारिन् । यो उनको बाध्यता थियो । इरानी सरकारले ६ वर्ष पछि उनलाई फाँसीमा चढाएर मृत्युदण्ड दियो । मृत्युदण्डको केही साताअघि उनले आमालाई एउटा चिठ्ठी लेखेकी थिइन् । यो चिठ्ठी भर्खरै वाहिर आएको छ र संसारभर प्रशिद्ध भएको छ ।
उनको चिठ्ठी पढ्दा धेरैको मुटु रेटिन्छ । दुई थोपा आँशु मैल्े पनि झारें । मैले नाम मात्र सुनेकी कट्टर मुस्लिम देशकी रेहाना… तिमीलाई हार्दिक श्रद्धाञ्जली । रेहानाले आमाका नाममा लेखेका केही वाक्यांश…
000 आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ । मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै ।
त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन । मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
00000 तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ । आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त । जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन । आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ । जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
00000 एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास । न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् । र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु । यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो । मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य । मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
00000 आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न । त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस । मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस । मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न । मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि । यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
संसारमा विभिन्न हर्कत गर्ने मानिसको कमी छैन । यस्तै हर्कत हङकङमा एक युवतीले गरेकी छिन् । दुनियालाई नै छक्क बनाउने उनको यो हर्कत सुन्दा जोकोही छक्क पर्छन् । आफ्नो बाउले अर्को आमा भित्राउन लागेपछि उनी आफै नया श्रीमति बनिदिइन् ।
बाबुको श्रीमति बन्नुको कारण पनि रोचक छ । उनी सौतेनी आमा बन्न लागेकी युवतीलाई चिन्थिन् ।ति युवतीलाई उनी मन पराउँदैन थिइन् ।
आफुले मन नपराएकी युवती आफ्नो घरमा भित्रिन लागेपछि उनी आफै बाउको श्रीमति भइन् । २६ वर्षिया ती युवतीले २००९ मा पहिलो पहिलो पटक बाबुसंग सुतेकी थिइन् । हाल उनको मुद्धा हङकङको अदालतमा विचाराधिन छ । हे
ब्वाई फ्रेण्डले धोका दिएको भन्दै एक जना युवतीले आफ्नो कुमारीत्व बिक्रीका लागि खुल्ला रहेको जनाएकी छन् ।
क्रिस्चियन परिवारमा हुर्किएकी २३ वर्षीय युवती बेली गिब्सनले अमेरिकको नेभादा स्थित कुख्यात वैध वेश्यालय मुनलाइट बन्नी ऱ्यान्च मार्फत बढाबढमा आफ्नो कुमारीत्व निलामीका लागि खुल्ला रहेको जनाएकी हुन् ।
मेल अनलाइनले जनाए अनुसार उनले बिहेका निम्ति आफुलाई कुमारी नै राखिराखेकी थिइन् तर आफ्नो ब्वाई फ्रेण्ड आफुप्रति वफादार नरहेको थाहा पाएपछि उनी प्रथम यौन अनुभव निलाम गर्ने निष्कर्षमा पुगेकी हुन् ।
क्यालिफोर्नियामा धर्मपुत्रीका रुपमा पालिएकी गिब्सनले उक्त निलामीबाट प्राप्त हुने रकमको सदुपयोग जीवनलाई अझ सहज र राम्रो बनाउन गर्ने जनाएकी छिन् ।
“समाजले मलाई फरक रूपमा हेर्छ होला तर यसले मलाई खासै फरक पर्दैन । मेरो शरीर हो र यसमा मेरो अधिकार छ ।
आफ्नो शरीरलाई के गर्ने भन्ने बारे पूर्ण अधिकार मलाई हुनु पर्दछ ।” उनले भनिन् ।
उनले थपिन्, “बन्नी ऱ्यान्चका माध्यमबाट जाँदा मैले वैधानिक रुपमा नै पैसाका निम्ति यौन सम्पर्क गर्ने बाटो खुल्छ । के यसो गर्दा म वेश्या भइहाल्छु र रु मलाई यसबारे खासै थाहा छैन । यदि तपाईंले एकपल्ट तस्बिर खिच्नु भयो भने तपाईं फोटोग्राफर त भइहाल्नु हुन्न नि १”
उनी तर्क गर्छिन्, “आफ्नो पवित्रतालाई बजारीकरण गर्दैमा तपाईं खराब भइहाल्नु हुन्छ भन्ने केही छैन । धेरै मान्छेसँग यौन सम्पर्क गर्दैमा तपाईं खराब हुने हैन । यौनका बारे हामी सबैका आ(आफ्नै रुचिहरू हुन्छन् । पहिले मेरो रुचि पर्खिनुमा थियो भने अब बेच्नुमा छ ।”
एउटा ब्लगसँग कुराकानीका दौरान गिब्सनले आफु एक वर्षको उमेर देखि धर्मपुत्रीका रुपमा पालिएको बताइन् । उनकी आमाले हुर्काउन नसकेपछि उनलाई धर्मपुत्री दिने निर्णय गरेकी रहिछिन् ।
धार्मिक वातावरणमा हुर्किएकी गिब्सन विवाहपूर्व यौन सम्पर्क नगर्ने पक्षमा थिइन् । त्यसपछि उनलाई क्यालिफोर्निया राज्यको साक्रामेन्टो लगियो जहाँ एकजोडी कट्टर क्रिश्चियन दम्पत्तिले उनको पालन पोषण गरे ।
“मलाई टिभी हेर्ने अनुमति थिएन, न त म क्रिश्चियन सङ्गीत बाहेक अरु कुनै प्रकारको सङ्गीत नै सुन्न पाउँथे ।” उनले थपिन्, “त्यतिबेला हामीहरूलाई नयाँ साथी बनाउने या राति साथीको घरमा सुत्ने छुट पनि थिएन ।”
“हामीले फिल्म हेर्नु परे त्यो हलमार्क या डिज्नी च्यानलमा मात्र हुन्थ्यो त्यस्तै कहिले काँही टिभी हेर्ने अवसर प्राप्त भयो भने ती ‘लिटिल् हाउस अन दि प्रेरी’ जस्ता कार्यक्रम मात्र हुन्थे ।” गिब्सन भन्छिन् ।
उनलाई मिसौरी स्थित छात्रा(आवासीय विद्यालयमा पढ्न पठाइयो जहाँ उनले केटाहरू देख्न सम्म पाइनन् ।
विस्कनसिनमा उनले एउटा क्रिश्चियन केटासँग डेटिङ् जान थालिन् र उनीहरू बिच विवाहपूर्व यौन सम्पर्क नगर्ने सहमति पनि भएको थियो ।
ती युवकले भ्यालेन्टाइन डेका दिन आफ्नी पूर्व प्रेमिकासँग सुतेको थाहा पाएपछि उनी दुःखी भइन् र उनले छुट्टिने निर्णय गरिन् ।
“केही समय दुःख मनाउ गरेपछि म के निष्कर्षमा पुगें भने कुमारीत्व गुमाउन बिहे नै पर्खिनुपर्छ भन्नु गालत धारणा हो । किनकि मेरो पूर्व प्रेमी पनि त मलाई पर्खिराखेको थिएन । ” उनले थपिन् ।
“हो, त्यसैलेनै मैले आफ्नो कुमारीत्वको साटो मलाई पनि केही फाइदा हुनु पर्छ भन्ने कुमारीत्व बेच्न चाहन्छु निष्कर्षमा पुगें‘ त्यसैले म बढी भन्दा बढी मुनाफा हुने गरेर यो बेच्न चाहन्छु त्यसैले म डेनिस होफ र मुनलाइट बन्नी ऱ्यान्चको सम्पर्कमा आएँ ।
सुरुमा त बन्नी ऱ्यान्चका मालिक होफले उनको इमेलमा कुनै प्रतिक्रिया जनाएनन् तर अन्ततोगत्वा उनी आफ्नो वेश्यालयको वेबसाइटमा निलामीको सूचना राख्न राजी भएका हुन् ।
होफले भने, ” उनले आफुलाई राम्रो मान्छेका लागि बचाएर राखेकी थिइन् । उनी आफुलाई लागेको पूर्ण र पवित्र जीवन बाँच्न चाहन्थिन् तर यो संसारले उनको बाटोमा घिनलाग्दो अवरोध सिर्जना गरेको छ ।”
कुमारीत्व बेच्ने यो पहिलो घट्ना भने पटक्कै हैन । दुई महिना अघि मात्रै एउटी १९ वर्षीय अमेरिकी मोडेल गिजेलले ३७.८ लाख डलरमा आफ्नो कुमारीत्व बेचेकी थिइन् जसलाई आबुधाबीका एकजना व्यापारीले किनेका थिए ।
नेवादस्थित रीनो सहरमा बस्ने २१ वर्षीया ड्रु प्रेस्टाको उचाई ३ फुट ४ इन्च छ । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण उनको शरिरको उचाई बढेन ।
‘मोडलिङ’ क्षेत्रमा एक सफल ‘मोडल’ बन्न निकै मेहनत गर्नुपर्दछ । तर, उनले आफ्ना सबै समस्यालाई बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ गरिन् । जब उनको फोटो सामाजिक सन्जालमा पोष्ट भए तब एकाएक उनी अन्तर्राष्ट्रिय सन्चारमाध्यममा छाइन् ।
मेट्रो अनलाइनुले लेखेको छ, ‘ड्रु प्रेस्टा एक प्रतिभावान मोडल हुन्, उनी अहिले ‘सिसलिंग मोडल’ बन्न सफल भएकी छन् । उनको मोडल बन्ने सपना सामाजिक सन्जालले पुरा गरिदिएको छ ।’
प्रेस्टाले आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको फोटोसुटले उनलाई मोडल बन्न सहयोग गर्यो । संसारको सानो कुनाबाट सुरु गरेको मोडलिङको भविष्य अहिले ‘अमेरिकन फेशन शो’सम्म आइपुगेको छ । उनले अमेरिकामा हुने ुफेशन शोुमा सहचागी हुन प्रस्ताव आइसकेको बताएकी छन् ।
उनले फोटोसुटपछि भनेकी छन्, ‘म मेरो फोटोहरु मार्फत जुनसुकै आकारमा पनि मानिसहरु शुन्दर र ग्ल्यामर देखिन्छन् भन्ने देखाउन चाहान्छु ।’
उनले क्यामराको अगाडी आफू ग्ल्यामर देखिने र मोडलिङ पेशालाई एकदम माया गर्ने बताइन् । जुनसुकै काम गरेपनि स्वतन्त्र र आतविश्वासका साथ मेहनत गरे सफल हुने उनको तर्क छ ।
अहिले उनी संसारकै सबैभन्दा होचि मोडलको रुपमा विश्वमाझ चिनिएकी छन् ।
























