कुनै पनि कलाकारहरूकाे लागि संबन्ध जाेडिनु र ताेडिनु कुनै नाैलाे कुरा हुँदैन् । त्यसमाथि बलिउड कलाकारहरूकाे लागि त अाज छ भाेली नै छैन हुन्छ ।
यस्तै कुरा गराैँ पूर्व बलिउड जाेडी रणवीर कपुर र दीपिका पादुकाेणकाे । उनीहरूकाे सम्बन्धले पनि बलिउड संचार माध्यममा खुबै स्थान पाउने गरेकाे थियाे । बलिउडकाे सुन्दर जाेडी मध्ये एक मानिने याे जाेडीकाे ब्रेकअपपछि भिन्न बाटाे राेजेका छन् ।
तर ब्रेकअपकाे कारण के थियाे कसैलार्इ थाहा हुन् सकेन ।
ब्रेकअप पश्चात दिपिकापछि रणवीरले कट्रिना कैफसँग अफेयर चलाए भने अहिले उनी आलिया भट्टसँग प्रेममा लिप्त छन् । दीपिका पनि रणवीर सिंहसंग प्रेम संम्बन्धमा छन् । उनीहरूकाे बिहे यसै वर्ष हुने समाचारहरू पनि अाइरहेकाे छ ।
हालै दीपिकाले एक अन्तरवार्तामा अाफ्नाे पूर्व प्रेम बारे मुख खाेलेकी छिन् साथै उनले ब्रेकअप हुनुकाे कारण समेत खुलाएकी छिन् ।
भर्भ म्यागजिनसँगको अन्तर्वार्तामा दीपिकाले भनेकी छिन्- ‘त्याे प्रेममा मैले धाेका पाएँ,मैले उनलाई रंगेहात समातेको थिएँ । त्यति नै बेला सबै भावनालाई बिर्सिएर उनीसँग अलग्गिने निर्णय गरें ।’
उनले अगाडि भनिन्- ‘जब म सम्बन्धमा थिएँ तब धेरै मानिसहरुले मलाई उसले धोका दिइरहेको छ भनेर सम्झाएका पनि थिए । उसले मसंग दाेस्राे चान्सका लागि भिख नै माग्याे र मैले उसलार्इ दाेस्राे माैका दिएँ । तर उ सुध्रिएन ।
उसलार्इ मैले अर्की युवतीसंग रंगेहात समाए । अनन्त, सम्बन्ध ताेड्नुकाे केही विकल्प रहेन् ।’
दिपिकाले थपिन्- ‘जब धोका दिनु कसैको बानी छ भने तपाईंले सम्बन्धमा सबैकुरा दिएपछि पनि हार्नुहुन्छ । तन,मन दिँदा दिँदै पनि मैले हारेँ । ब्रेकअप पछि अाफूलार्इ सम्हाल्न नसकेर म थुप्रै दिनसम्म रोइरहें । समयसँगै म ठिक हुँदै गएँ र जीवनमा अगाडि बढीरहेकी छु ।’
बलिउड नायक सलमान खानको बिहेको विषयमा भारतीय मिडियामा गसिप नआएको दिनै हुँदैन । उमेर छिप्पिसके पनि उनी अझैसम्म अविवाहित नै छन् ।
सलमानले अहिलेसम्म दर्जनौं केटीहरुसँग असफल प्रेम गरिसके । पछिल्लो समय उनी रोमानियाकी मोडेल लुलिया वन्तुरसँग चक्कर चलाइरहेका छन् । यद्यपि, सलमानले लुलियासँग बिहे गर्छन् भन्ने कुरामा धेरैलाई शंका छ ।
हालै सलमानको बारेमा नयाँ रहस्य सार्वजनिक भएको छ । उनको एउटा पुरानो अन्तरवार्ता भाइरल भइरहेको छ, जसमा उनले भनेका छन् कि उनी एक समय नायिका जुही चावलासित एकतर्फी प्रेममा थिए ।
जुनबेला जुही लाइमलाइटमा थिइन् भने सलमान संघर्ष गर्दै थिए । जुहीले सलमानलाई भाउ दिन्नथिइन् ।
त्यसैले सलमानले सिधै जुहीका बाबुसँग छोरीको हात मागेका थिए ।
‘मैले जुहीका बाबुसँग विवाहको विषयमा कुरा गरेँ, तर उहाँले अस्वीकार गर्नुभयो,’ समालनले अन्तरवार्तामा भनेका छन्, ‘सायद म जुहीका लागि योग्य छैन ।’
जुहीले भने सलमानलाई निकै हेप्थिन् । एक निर्देशकले जुहीलाई सलमानको अपोजिटमा काम गर्न अफर गरेका थिए । तर जुहीले ठाडै अस्वीकार गर्दै सलमानको ठाउँमा आमिर खानलाई लिन सुझाएकी थिइन् । त्यो थाहा पाएपछि जुहीसँग आगो भएका थिए सलमान ।
त्यसयता सलमानले जुहीसँग कुनै फिल्ममा काम गरेनन् । हालै एक कार्यक्रममा जुहीले सलमानको फिल्ममा काम गर्ने इच्छा प्रकट गर्दा उनले आफ्नो आमाको भूमिकामा अफर गरेका थिए ।
पछिल्लो समय अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको लभस्टोरीको चर्चा निकै हुन थालेको छ । आलिया र रणवीरले एक अर्कासँग रिलेशनमा भएको इशारा दिईसकेका छन् । उनीहरुले एक अर्काको परिवारमा सम्बन्धसमेत बढाईरहेका छन् ।
यसो भनिरहँदा रणवीरकी बहिनी रिद्धिमाले आलियालाई ब्रासलेट गिफ्टसमेत दिईसकेकी छन् । रणवीरका आमा बुवा, नीतु र ऋषि कपुरलेसमेत अभिनेत्री आलियालाई मन पराईससकेका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार फिल्म ब्रम्हास्त्रको सुटिङको क्रममा यो जोडीको भेट भएको थियो भने यसै फिल्मको सुटिङको दौरानमा उनीहरुको लभस्टोरी पनि सुरु भएको हो । सुत्रले बताए अनुसार आलियाले रणवीरको साथमा काम गर्नु सपना जस्तै लागिरहेको थियो ।
रणवीर र आलिया सबै भन्दा पहिले अयान मुखर्जीको साथमा फिल्म रेकीको लागि बुल्गेरीया गएका थिए । यो जोडीले न्यु ईयर पनि बुल्गेरीयामा सँगै मनाएका थिए । यो जोडीको एक अर्काप्रति बढीरहेको दुरी आलियाले आफ्नो इन्स्टाग्रममा पोष्ट गरेकी तस्वीरहरुले प्रष्ट देखाईरकेको छ ।
त्यस्तै अभिनेत्री सोनम कपुरको बिहेमा पनि यो जोडीले सँगै इन्ट्रि मारेका थिए । सोनमको बिहेमा यो जोडी सँगै गएपछि उनीहरुको सम्बन्धको बारेमा निकै चर्चा हुन थाल्यो ।
पछिल्लो समयमा आलियाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘हो, म एक युवकको नजरमाथि क्रस छु । रणवीरको साथमा चलिरहेको रिलेशनको समाचारलाई मैले स्वीकार गर्न पनि सक्दिन तर नकार्न पनि सक्दिन । मलाई रणवीरको फेशन सेन्स र उनीसँग काम गर्न निकै राम्रो लाग्यो ।’
भारतको ओडिशा राज्यको बालेश्वर जिल्लामा एक व्यक्तिले कथित रूपमा आफ्नी श्रीमतीलाई जुवामा हारेको घटना सार्वजनिक भएको छ। हारपछि उनले श्रीमतीलाई जित्ने मान्छेको जिम्मा लगाएको र जित्ने व्यक्तिले ती महिलाको बलात्कार गरेको आरोप लगाइएको छ।
महिलाले प्रहरीमा उजुरी गरेपछि उनका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले भनेको छ, “पीडित महिलालाई हामीले जाँचका लागि बालेश्वर पठाएका छौँ र फरार दुवै आरोपीलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौँ।”
आरोपीहरूविरूद्ध बलात्कारसहित अन्य अभियोग पनि दायर गरिएको प्रहरीले जनाएको छ।
“गत महिनाको २३ तारिख मेरा श्रीमान् राति ११ बजे घर आउनुभयो र मलाई बाहिर जाऊँ भन्नुभयो। मैले जानुपर्ने ठाउँबारे सोध्दा उहाँले केही भन्नुभएन,” पीडित महिलाले भनिन्, “मलाई जबरजस्ती गाउँ बाहिर लग्नुभयो जहाँ उहाँका साथी पहिल्यैदेखि हुनुहुन्थ्यो। म उहाँलाई दाइ भनेर बोलाउने गर्थेँ। उहाँले मेरो हात समाएर आफूतिर तान्न थाल्नुभयो। मैले विरोध जनाए पनि मेरै श्रीमान्ले मलाई उनको जिम्मा लगाइदिनुभयो।”
भोलिपल्ट पीडित महिलाकी छोरीले आफ्ना हजुरबुवा (आमापट्टिको) लाई फोन गरेर घटनाबारे जानकारी गराइन्।
त्यसपछि पीडित महिलाका बुवा र भाइ घर पुगे।
पीडित महिलाका बुवाले भने, “हामीले सम्धिज्यू र ज्वाइँ साहबलाई घटनाबारे सोध्दा आफूहरूलाई केही थाहा नभएको भन्नुभयो। त्यसपछि मैले गाउँका मुखियासँग कुरा गरेँ।” उनले अगाडि थपे, “मुखियाले गाउँका अरू भद्रभलादमीसँग कुरा गर्नुभयो र हामीसँग दुई दिनको समय माग्नुभयो। हामी छोरी र उसका दुई सन्तानलाई लिएर फर्कियौँ।”
“मे २७ मा हामीले स्थानीय प्रहरी चौकीमा उजुरी गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सुझाव दिए। बुधवार हामीले प्रहरी उपरीक्षक साहबलाई भेटेपछि बल्ल उजुरी दर्ता भयो।”
चौकीका इञ्चार्जले भने उजुरी लिन नमानेको भन्ने पीडित महिलाका बुवाको आरोपको खण्डन गरे।
उनले भने, “म आफैँ बिदामा थिएँ। बिदाबाट फर्केपछि दुई परिवारले मेलमिलापका लागि निवेदन दिएको बुझियो। तर प्रहरी उपरीक्षक सरले आदेश दिएपछि हामीले उजुरी लियौँ र अनुसन्धान थालिसकेका छौँ।”
पीडित महिलाका बुवाले चाहिँ उजुरीपछि आफूहरूलाई प्रहरीले तनाव दिइरहेको आरोप लगाएका छन्।
(
अनिल कपूरले गत मे ८ तारिखमा छोरी सोनमको विवाह गरे । विवाहमा बलिउडका लगभग सबैजसो सेलिब्रिटीको उपस्थिती रह्यो । त्यतीबेला करिनाको ड्रेसिङ सेन्सले मानिसहरुको ध्यान आकृष्ट गर्यो भने रणबीर कपुर र आलियाबारे विभिन्न टिका टिप्पणीसमेत गरियो । अनिल कपुरले बलिउडका लगभग सबैलाई सोनमको विवाहमा आमन्त्रण गरेका थिए तर तीमध्ये केही आफ्ना व्यस्तताका कारण उपस्थित हुन सकेनन् । उपस्थित हुन नसक्नेको सूचीमा थिइन्, दीपिका पादुकोण ।
हालै जब दीपिका र अनिल कपुरबीच भेट भयो तब दीपिकालाई देख्न बित्तिकै अनिलले भने – तिमीलाई धेरै मिस गर्यौं ।
जवाफमा दीपिकाले भनिन्, ‘हो, थाहा छ मलाई । मलाई माफ गरिदिनुस्, म त्यतिबेला कान्समा थिएँ ।’
यद्यपी, सोनमको रिसेप्सनमा दीपिकाका प्रेमी रणबीर सिंहलाई मज्जाले नाचिरहेको देख्न सकिन्थ्यो । सोनम कपुर र रणबीर सिंह आफन्तसमेत पर्छन् ।
क्यान्सरको उपचार गराइरहेका भारतीय अभिनेता इरफान खान सामाजिक सञ्जाल ट्विटरमा २ महिनाको अन्तरालमा पुनः जोडिएका छन्। बुधबार खानले आफैले अभिनय गरेको नयाँ फिल्म ‘कारवाँ’लाई लिएर एक ट्विट गरेका हुन्।
ट्विटमा उनले लेखेका छन्,‘सुरुवातमा रहने निर्दोषपनको अनुभव कहिल्यै किन्न सकिदैन। ‘कारवाँ’ अर्थात ‘यात्री’, एक फिल्म र अर्को म हुँ।’ खानले सो फिल्ममा आफुसँगै स्क्रिन सेयर गरेका दुलकर सलमान र मिथिला पाल्करलाई शुभकामनासमेत दिएका छन्। फिल्म ‘कारवाँ’ आगामि अगस्ट १० मा रिलिज हुँदैछ।
५१ वर्षीय अभिनेता खान २ महिनाअघि ‘न्युरोनडोक्रिन ट्युमर’ भएको निदान भएपछि सामाजिक सञ्जालबाट टाढा रहेका थिए। हाल उनी बेलायतमा उपचार गराइरहेका छन्।
हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।
उनले लाइफ अफ पाई, जुरासिक वल्र्ड, स्लमडग मिलिनियरजस्ता चर्चित फिल्महरुमा प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन्।
अभिनेता खान सामाजिक सञ्जालमा फर्किएकोमा कलाकार तथा उनका प्रशंषकहरुले स्वागत तथा खुसी व्यक्त गरेका छन्। धेरै हिट बलिउड फिल्ममा आफ्नो अभिनय कला देखाइसकेका खानको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा स्टाटसहरु पोष्ट गरिएका छन्।
इन्डोक्राइन ट्युमर एक दुर्लभ किसिमको रोग हो, जसले रक्तकोसिकाका लागि हर्मोन उत्पादन गर्ने कोषहरुमा प्रभाव पार्ने गर्दछ। उनले आफु एक दुर्लभ रोगबाट ग्रसित भएको भन्दै पहिलोपटक मार्च ५ मा ट्विट गरेका थिए। पछि मात्रै उनलाई क्यान्सर लागेको पुष्टि भएको थियो।
बलिउडका समानन्तर तथा कलामा आधारित स्वतन्त्र फिल्महरुमा फरक खालका भूमिकामार्फत चर्चित अभिनेता खानलाई अन्तर्राष्ट्रिय सिनेमाका क्षेत्रमा भारतका तर्फबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट कलाकारको रुपमा लिने गरिन्छ।
उनले फिल्म ‘पान सिंह तोमर’का लागि सन् २०१३ मा भारतको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेका छन्। जीवनीमा आधारित सो फिल्ममा भारतका एक माथिल्लो स्तरका एथलेट कसरी डाँकु बन्छन् भन्ने देखाइएको छ।
सन् २०१३ मै फिल्म ‘लन्च बक्स’का लागि क्यानिज फिल्म फेस्टिबलमा उनले ‘भ्युअर चोइस अवार्ड’ प्राप्त गरेका थिए। सोहि वर्ष लन्डन फिल्म फेस्टिबलका लागि छानिने यो नै एक मात्र हिन्दी फिल्म थियो।
बलिउड नायक इमरान हासमीको आज जन्मदिन हो । २४ मार्च सन् १९७९ मा भएको उनी उत्तर प्रदेशको कन्नौजमा जन्मिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
इमरानको एक मात्र छोरा आर्यन हासमी हो। उनको छोरालाई क्यान्सर भएको थाहा पाएपछि जिवनमा सबैभन्दा बढी दुखी भए पनि उनले हिम्मत नहारी त्यसको सामनाका विकल्पहरु खोजेको भारतीय मिडियाले लेखेका छन् ।
इमरानले आफ्नो छोराको विषयमा किताब समेत लेखेका छन् । उक्त किताब छोराको क्यान्सरसँगको लडाईमा आधारित रहेको जनाइएको छ।
९ चैत, काठमाडौं । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ ।
विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानम
को बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।
उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।
मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।
पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो ।
मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए ।
बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दीक्षित कुनै समयका हिट जोडी हुन् । उनीहरुबीच रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि प्रेम थियो ।
तर, त्यो प्रेम असफल भयो । दुवैले आ-आफ्नो सुरले बिहे गरे । त्यसयता सञ्जय र माधुरी कहिल्यै एउटै फिल्ममा देखिएनन् ।
पछिल्लो खबरअनुसार सञ्जय दत्तले माधुरी दीक्षितकै कारण एउटा फिल्म छोडेका छन् । हालै श्रीदेवीको मृत्यूपछि निर्देशक अभिषेक वर्मनले आफ्नो फिल्ममा श्रीदेवीको ठाउँमा माधुरीलाई लिए ।
र, यो फिल्ममा सञ्जय दत्तलाई पहिले कास्ट गरिएको थियो । तर, अब सञ्जय दत्त सो फिल्मबाट पछि हटेका छन् ।
माधुरी फिल्ममा अनुबन्धित हुनासाथै सञ्जय ब्याक भएका हुन् ।
पछिल्लो पटक सञ्जय र माधुरी फिल्म ‘खलनायक’ मा सँगै देखिएका थिए । सुभाष घईको निर्देशनमा बनेको यो फिल्म १९९३ मा रिलिज भएको थियो । यद्यपि फिल्ममा माधुरीका जोडी जैकी श्राफ थिए ।
निर्देशक राजकुमार हिरानी सञ्जय दत्तको बायोपिक बनाइरहेका छन्, जुन यसै वर्ष रिलिज हुनेवाला छ ।
माधुरीले सञ्जय दत्तलाई फोन गरेर उक्त वायोपिकमा आफूहरुबीचको प्रेम प्रसंग नदेखाउन आग्रह गरेको खबर गत वर्ष फेलिएको थियो । तर पछि माधुरीले यसको खण्डन गरेकी थिइन् ।
हालै आएको सञ्जय दत्तको विवादास्पद बायोग्राफीमा उनको माधुरीसँगको प्रेमबारे वर्णन गरिएको छ । तर, सञ्जय दत्तले यो बायोग्राफी आफ्नो अनुमतिबिना प्रकाशित गरिएको भन्दै कानूनी उपचार खोज्ने बताएका छन् ।
भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको एकजना आठ वर्षीय बालक अकस्मात प्रहरीको गोलीले मारिएको समाचारले त्यस क्षेत्रमा ठूलो आश्चर्य भएको छ ।
बुधबार अपरान्हमा सो दुर्घटना भएको हो । आफ्नो हजुरबुवासँग खेलिरहेको उक्त बालकलाई अकस्मात गोली लागेको बताइएको छ ।
उत्तर प्रदेशको मथुरा गाँउमा प्रहरी गएको भए पनि प्रहरी घटनास्थलबाट निकै टाढा रहेको रहेको तर गोली कसरी त्यहाँसम्म आइपुग्यो भन्ने बारेमा भने सबैलाई आश्चर्य लागेको छ ।
बच्चालाई गोली लागेको छ, उसलाई अस्पताल पनि नपु¥याउँदै निधन भएको छ, प्रहरी उक्त गाँउमा गस्तीमा गएको भए पनि घटना भएको समयमा प्रहरी निकै पर रहेकोले प्रहरीकै गोली लागेको भन्न निकै गाह्रो भएको छ– सो गाउका प्रत्यक्षदर्शीहरुले जनाएका छन् । मथुरा जिल्लाको एक गाउँका माधव भारद्वाज नामका ती बालकका हजुरबुवाले प्रहरीले नै गोली प्रहरी गरेको ठोकुवा गर्नुभएको छ । सो घटनाका बारेमा प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ । उसले गाँउलेहरुसँग यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
गाउँलेहरुले गोली हान्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनीहरुले अन्यथा सो गाउमा रहेको प्रहरी चौकी घेराउ गर्ने पनि चेतावनी दिएका छन् ।
बलिउड दअभिनेता सलमान खानको कथित गर्लफ्रेण्ड युलिया वन्तुरले आफ्नो बिहेको बारेमा गरिएको विभिन्न हाँसोको कुरामा खुलेरै कुरा गरेकी छन् ।
यसै कुरालाई लिएर युलियाले एक अन्तरवार्ताको दौरानमा सलमान र उनको बिहेको हाँसो फैलिरहेको समयमा सचेत रहेकी जनाएकी छन् । उनले अभिनेता सलमान र आफ्नो सम्बन्ध अन्य केही नभई राम्रो साथीको सम्बन्ध रहेको बताएकी छन् ।
उनले भनिन्, ‘मान्छेले सलमान र मेरो बारेमा गलत बयान गर्छन् । मेरो आगामी जीवनको बारेमा म आफैलाई थाहा छैन । मैले सलमानलाई धेरै आधार गर्छु । उसले मलाई गीत गाउनको लागि निकै प्रेरित गरेका छन् ।
’
युलियाले बलिउडको आफ्नो करियरको बारेमा बोल्दै भनिन्, ‘बलिउडको हिस्सा बन्छु भनेर मैले कहिल्यै सोचेकी थिइन ।’ त्यसोत, उनले बलिउडमा आफ्नो कुनै चाहाना नभएको बताउँदै सलमान खानको सहयोगले आफुले हिन्दी गीत गाउन सफल भएको बताएकी छन् ।
उनले आफ्नो नयाँ गीतको बारेमा बोल्दै मनिष पाल निकै राम्रो साथी भएको बताएकी छन् । साथमा कार्यक्रमलाई सँगै होस्ट गरेकी पनि बताइन् । उनका अनुसार मनिष र युलियाको राम्रो तालमेल छ । युलियालाई गीतका निर्देशक सचिन गुप्ताले पनि निकै सहयोग गरेका थिए ।
मुम्बई । बलिउडमा सन् २०१२ मा हेट स्टोरी स्टोरीबाट डेब्यु गरेकी पाउली दामहनिमुन मनाउन स्वीटजरल्याण्डमा गएकी हुन्। त्याहाँ उनीमाथि आपत् आइलागेकाले हेलिकप्टरबाट उद्धार गरेका छन्।
स्वीटजरल्याण्डको गार्नग्रेटस्थित एक रेस्टुरेन्टमा पाउली र उनका पति अर्जुन देव बसिरहेका थिए । त्यही बेला त्यस क्षेत्रमा भारी हिमपात भएको थियो । जसको कारण त्यस क्षेत्रसँग सम्पर्क टुटेको थियो । रेलवे सेवादेखि बाँकी सबै बाटो बन्द भएको थियो ।
जसले गर्दा रेस्टुरेन्टमा फँसेका उनी लगायत अन्य पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्न परेको थियो । बंगाली रितिरिवाजमा गरिएको विवाहमा दुवै परिवारका सदस्यसहित सिमित पाहुनाहरु उपस्थित थिए ।
पछिल्लो दुई वर्षदेखि पाउली र अर्जुन एक अर्कालाई डेट गरिरहेका थिए । पाउलीले हेट स्टोरीबाहेक अंकुर अरोडा मर्डर केस, गैंग अफ घोस्टस र यारा सिली सिली लगायत चलचित्रमा काम गरेकी छिन् ।
सन्नी लियोनीपछि भारतीय फिल्म बजारमा एक अर्की पोर्नस्टार भित्रिदै छिन् । चर्चित निर्माता राम गोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन् ।
उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन् ।
मियाले विहीबार ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्साहित भएको बताएकी छन् । ‘भारतीय फिल्म निर्माता रामगोपालले युरोपमा म सँग एक भिडियो ‘गड, सेक्स एण्ड ट्रुथ’ शुट गरेका छन्’, उनले भनेकी छन्– ‘म सन्नी लियोनीपछि भारतीय फिल्म निर्देशकसँग काम गर्ने दोस्रो अडल्ट स्टार हुँ ।’
उनले रामगोपाल बर्मालाई धन्यवाद पनि भनेकी छिन्। रामगोपालले मियालाई ट्वीटरमै जवाफ दिँदै भनेका छन्– हे मिया ‘गड, सेक्स एण्ड ट्रुथ’मा फिल्मी दुनियाँको उच्चकोटीको विचारणीय अनुभव रह्यो ।
रामगोपालले आफूले कहिलेपनि सन्नी लियोनीसँग काम गर्ने अवसर नपाएको उल्लेख गर्दै भने– मैले सन्नी लियोनीसँग अहिलेसम्म काम गर्न पाएको छैन्। तर म ‘गड, सेक्स एण्ड ट्रुथ’को अनुभव कहिल्यै भुल्न सक्दिन । ‘गड, सेक्स एण्ड ट्रुथ’को ट्रेलर १६ जनवरीमा रिलिज हुने बताइएको छ ।
नयाँ फिल्म ‘रेस–३’ नामकको छायांकनमा व्यस्त बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् । समुहको धम्की पछि नयाँ फिल्मको छायांकन रोकिएको हो ।
‘रेस–३’ को पहिलो गीतको छायांकन चलिरहँदा अचानक स्टूडियोमा प्रवेश गरेको अज्ञात समुहले फिल्मको छायांकन बन्द गर्न माग गरेको थियो । त्यो समुहले सलमान खानलाई मार्ने समेत धम्की दिएको फिल्मका निर्माता रमेश तौरानीले पुष्टि गरेको छ ।
प्रहरीले फिल्मको छायांकन रोक्न लगाएर कडा सुरक्षाका साथ सलमानलाई उनको बान्द्रास्थित घर पुर्याएको छ । सलमानलाई मार्ने धम्की दिने राजस्थानको समुह घट्नास्थलमा मुम्बई प्रहरी पुग्नुभन्दा अगाव सो समुह धम्की दिएर फरार भएको थियो ।
राजस्थानका गुण्डा नाइके लारेन्स बिश्नोईले गत बिहीबार सलमान खानलाई मार्ने धम्की दिएका थिए । धम्कीपछि सलमानको सुरक्षाका लागि केही प्राइभेट गार्डहरु पनि खाटाईएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बई – कालो हरिणको शिकार मुद्दामा अदालत पुगेका बलिउड अभिनेता सलमान खान अदालतमा भावुक भएका छन्।
१९९८ मा भएको यो घटनाको २० देखि कानूनी प्रक्रिया जारी छ। मुद्दाको बहसका क्रममा विहीबार अचानक जोधपुर अदालत पुगेका सलमान घटनाका प्रत्यक्षदर्शी पूनमचन्दको भिडियो देखेर भावुक बनेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमान आउँदा उक्त भिडियो बहसकै क्रममा इजलासमा देखाइएको थियो। जब भिडियो देखाइयो तब सलमानको आँखा आशुले भरिएका थिए। जुन बहसमा उपस्थित सबैले महसुस गरेका थिए।
बहसमा देखाइएको भिडियोमा प्रत्यक्षदर्शीले लगाएको आरोपको सलमानका वकिल हस्तीमल सारस्वतले अस्वीकार गर्दै पूनमचन्दको रेकर्डिंगमाथि प्रश्न उठाएका छन्।
उनले जे कुरा भिडियोमा देखाइएको छ त्यो कागजमा नलेखिएको जिकिर गर्दै सलमानलाई फसाउन खोजिएको बताए। ‘प्रत्यक्षदर्शीको घरको ठेगाना नै गलत उल्लेख गरिएको छ। जुन अधिकारीले जाँच गरेका हुन गलत गरेका छन्, उनीविरुद्ध मुद्दा चलाउनुपर्छ। सलमानलाई झुटो रुपमा फसाउन खोजिएको छ,’ उनले भने।
सलमानमाथि २० वर्ष फिल्म ‘हम साथ साथ हैं’ को शुटिंगका क्रममा लूणी थाना इलाकामा दुई कालो हरिणको शिकार गरेको आरोप छ। यो वन्यजन्तु कानून विपरित अपराध भएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भयो जसको सुनुवाई आजसम्म पनि जारी छ।
दक्षिण अफ्रीकामा टेस्ट सिरिज हुने अघिल्लो दिन विराट कोहलीलाई ठुलो सफलता मिलेको छ । तीन साताअघि बलिउड अभिनेत्री अनुष्का शर्मासँ वैवाहिक जीवनमा बाँधिएका विराट इन्डियन प्रिमियर लिगकै सबैभन्दा महंगा खेलाडी बनेका हुन् ।
अनुष्का उनका लागि 'लेडी लेक' नै साबित भएकी छन् ।
आफ्नो क्रिकेट करियरमा कयौँ ठुला उपलब्धि हासिल गरिसकेका २९ वर्षीय विराटले एक अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
समाचार अनुसार, विराट इन्डियन प्रिमियर लीग (आईपीएल) को इतिहासका सबैभन्दा महंगा खेलाडी बनेका छन् ।
रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) ले उनलाई १७ करोड भारतीय रुपैयाँमा आवद्ध गरेको हो । यसका साथै विराटले युवराज सिंहलाई पछि पारिदिएका छन् । युवराजलाई सन् २०१५ मा दिल्ली डेयरडेभिल्सले १६ करोडमा किनेको थियो ।
भारत आंध्रप्रदेशका संगीथ कुमारले आफुलाई ऐश्वर्या रायको छोरा भएको र ऐश्वर्या उनको आमा भएको दावी गरेका छन् । २७ वर्षीय संगीथ कुमारले आफु जव सम्म ऐश्वर्याबाट सही जवाफ पाउँदैंनन् तव सम्म बिशाखापट्नम स्थीत घर नजाने बताएका छन् ।
यतीखेर उनी आफ्नो मोबाईलमा ऐश्वर्याको फोटो लिएर घुमी रहेका छन् उनी भन्दैछन् कि उनी बच्चा हँुदा देखी एंश्वर्या सँग टाढा हुनुपरेको महशुस गरीरहेको र यदी कसैले उनलाई ऐश्वर्याको नम्वर दिए सीधै आफु कुरा गरेर जवाफ माग्ने बताउँदै आईरहेका छन् ।
संगीथको भनाई अनुसार ऐश्वर्या रायले उनलाई सन् १९८८ मा ऐश्वर्या रायले लण्डनमा जन्म दिएकी थिईन र जन्म भएलगत्तै उनको परिवारका कारण ऐश्वर्याबाट अलग गराईएको थियो ।यती मात्र नभई संगीथ यो पनि दावी गर्छन कि अहिले ऐश्वर्या र अभिशेक बच्चन बिच राम्रो सम्बन्ध छैन त्यसकारण पनि उनी चाहनछन् कि बर्सौं देखि टाढिएकी आफ्नो आमा ऐश्वर्या अव उनी सँग बैंगलोरमा बसुन् ।
संगीथको जे जस्तो भनाई आएपनि बच्चन परीवार तथा ऐश्वर्या स्वयं बाट भने कुनै प्रतिक्रिया आएका छैन जवकि केही दिन अघि मात्र ऐश्वर्या आफ्नी छोरी आराध्याको स्कुलको एक कार्यक्रममा देखीएकी थिईन् ।
आश्चर्य कुरा के भने उनले भने अनुसार उनलाई जन्म दिने ऐश्वर्या राय १९८८मा जम्मा १४ बर्सकी मात्र हुन्छिन ।यो असम्भव देखिएपनि उनि भने ऐश्वर्या नै आफ्नी आमा भएको र सहि जवाफ आउनै पर्ने रटान लगाइरहेछन् ।
बलिउडका महानायक अमिताभ बच्चनलाई एक झट्का लागेको छ । बिग बीलाई करोडौको घाटा लागेको छ । उनलाई करिब ६ सय ४० करोडको घाटा भएको छ । हालै बिटक्वाइन आएर तीव्ररुपमा बिग बीले ६ सय ४० करोड कमाएका थिए ।
तर भर्चुअल करेन्सीमा गिरावट आउनाले कमाको भन्दा कम समयमा उनको पुरै रकम डुबेर उनलाई घाटा भएको छ । बिटक्वाइनमा लगानी गर्ने अमिताभ बच्चन भारतको पहिलो ठुला व्यक्ति थिए । बिटक्वाइनको क्रिप्टोकरेन्सी २० हजार डलरबाट १५ हजारमा झरेको छ ।
उनले ३(४ वर्ष पहिलो यस क्रिप्टोकरेन्सीमा थोरै लगानी गरेका थिए । बिग बीले हैदराबादको स्टैमपीड क्यापिटल मार्फत यसको अप्रत्यक्ष कारोबार गरेका थिए । यो कम्पनीले करिव ९ सेकेन्डमा करोडौको लेनदेन गर्ने गर्दछ । कम्पनीले अमिताभलाई ईन्डिभिजुअल नन प्रमोटर शेयर होल्डर बताएका छन् ।
पछिलो समयमा नै बिग बीको यस कम्पनीमा २।३८ शेयर थियो । कम्पनीमा बिग बीको हिस्सेदारी जून, २०१४ देखि रहेको थिय तर लगानी राशि बदलिदै गर्दछ । स्टैमपीड क्यापिटल अमेरिकी कम्पनी लांगफिन कोर्पोरेशनको सहयोगी हो ।स्टैमपीडको लांगफिनमा ३७।१४ प्रतिशत हिस्सा रहेको छ र स्टैमपीडमा अमिताभको २।३८ प्रतिशत हिस्सा रहेको छ ।
भारतको उत्तर प्रदेशस्थित गाजियाबादमा एक नववधूले अनौठो हर्कत गरेकी छिन् । सुहागरातमा दुलाहाले पिउने दूधमा निद्रा लाग्ने औषधी हालिदिएर बेहोश बनाई उनी घरमा रहेका सबै नगद र सुनचाँदी लिएर भागिन् ।
घटनापछि विवाहको बन्धनमा बाँधिएको युवक आफ्नो तोडिएको सपना लिएर प्रहरी चौकी पुगे । प्रहरीले जाहेरी दर्ता गरेर घटनामाथि अनुसन्धान चलाएको छ ।
पंकज नाम गरेका युवकले अलीगढस्थित जावा गाउँमा विवाह गरेका थिए । मंसिर ११ गते भएको यो विवाहपछि सुहागरातमा दुलाहालाई दूधको गिलास दिएपछि उनी गहिरो निद्रामा पुगे । भोलिपल्ट बिहान दुलाहाको परिवारले बल्लबल्ल उनलाई जगाउन सफल भए । घरबाट दुलही चाहिँ गायब थिइन् ।
जम्मैतिर खोज्दा केही नलागेपनि पो उनीहरूले थाहा पाए दुलहीले ७७ हजार रुपैयाँ नगद र १५ तोला सुनचाँदी लिएर गायब भइन् । दुलाहाको परिवारले दुलहीको परिवारलाई यसका बारेमा जानकारी दिएपनि उनीहरूले कुनै जवाफ फर्काएनन् । दुलहीको खोज जारी छ ।




















