२४ मंसिर, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् ।
आफूले मतदान गरेको भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेतले जितेपछि निवासमै बधाई दिदै ओलीले सञ्चारकर्मीसँग भने- निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई विकास र सम्बृद्धिको बाटोमा लगेर नमूना देश बनाउन लाग्नुपर्छ ।
ओलीले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई परास्त गरेको प्रतिक्रिया दिए । उनले सामाजिक सदभाव, राष्ट्रिय एकता कायम गर्दै सम्बृद्ध देश निर्माण गर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा आएको बताए ।
उनले देशलाई सम्बृद्ध बनाउन कम्युनिस्टहरु गम्भीर, स्वच्छ र पारदर्शी हुनुपर्ने कुरामा जोड दिए । उनले वामपन्थी गठबन्धनलाई देश बनाउने चुनौति आइपरेको भन्दै अब देश बनाउनका लागि त्यस्तै प्रकारका नीति र कार्यक्रम लिएर अग्रगमनको दिशामा अघि बढ्ने उनले बताए । सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बन्दै गरेका ओलीले आफूहरु जितमा नमात्तिने र हारमा नआत्तिने संस्कारबाट आएको बताए ।
आफूले मतदान गरेको भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेतले जितेपछि निवासमै बधाई दिदै ओलीले सञ्चारकर्मीसँग भने- निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई विकास र सम्बृद्धिको बाटोमा लगेर नमूना देश बनाउन लाग्नुपर्छ ।
ओलीले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई परास्त गरेको प्रतिक्रिया दिए । उनले सामाजिक सदभाव, राष्ट्रिय एकता कायम गर्दै सम्बृद्ध देश निर्माण गर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा आएको बताए ।
उनले देशलाई सम्बृद्ध बनाउन कम्युनिस्टहरु गम्भीर, स्वच्छ र पारदर्शी हुनुपर्ने कुरामा जोड दिए । उनले वामपन्थी गठबन्धनलाई देश बनाउने चुनौति आइपरेको भन्दै अब देश बनाउनका लागि त्यस्तै प्रकारका नीति र कार्यक्रम लिएर अग्रगमनको दिशामा अघि बढ्ने उनले बताए । सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बन्दै गरेका ओलीले आफूहरु जितमा नमात्तिने र हारमा नआत्तिने संस्कारबाट आएको बताए ।
बलिउडका चर्चित हाँस्यकलाकार कपिल शर्माको सर्वाधिक लोकप्रिय कार्यक्रम ‘कमेडी नाइट विथ कपिल’ बन्द गरेर चलचित्रमा व्यस्त भएका छन् । उनी चलचित्रमा मात्र होइन कपिल शर्मा अहिले घरजमको तयारीमा जुटेका छन् ।
प्रेमीका गिन्नी चतरथसँग गहिरो प्रेम सम्बनधमा रहेका कलाकार शर्मा हिजोआज जहाँ जाँदा पनि प्रेमीका गिन्नी चतरथसँग नै भेटिन्छन् ।
आगामी चलचित्र फिरंगीको प्रदर्शनको तयारीमा रहेका कपिलकी प्रेमीकाले कपिललाई जतिसक्दो छिटो रक्सी छाड्न आग्रह गरेपछि कपिलकी आमा पनि निकै खुशी भएकी छिन् ।चलचित्र फिरंगीको प्रदर्शनपछि यो जोडीले बिहे गर्ने तयारी गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
जनकपुरधाम - राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले नेपाली कांग्रेसको झन्डा र ब्यानर जलाएका छन्। आइतबार पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चढेको गाडीको झन्डा र ब्यानर जलाइएको हो।
पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर आउनु भएका कांग्रेस नेता निधिको स्वागतका लागि गाडीमा राखिएको झन्डा र ब्यानर खोसेर राजपाका कार्यकर्ताले जलाएका हुन्।
स्थानीय शिव चोकमा राजपाका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ता सवार गाडी रोकेर त्यसमा लगाएको पार्टीको झन्डा र ब्यानर खोसेर जलाएका थिए। कांग्रेस नेता कार्यकर्ताहरु सवार रहेको गाडीमा लगाइएको झण्डा जलाउँदै राजपाका नेताहरुले प्रमुख दलहरुको विरोधमा चर्काे नाराबाजी समेत गरेका थिए।
निर्वाचनको प्रचारप्रसार गर्ने खालका कुनैपनि क्रियाकलाप कतैबाट भयो भने त्यसको विरोध आफूहरुले गर्ने र अहिले झण्डामात्र जलाइएको र यदि चुनावप्रचार प्रसार रोकिएन भने प्रचारप्रसारमा प्रयोग हुने गाडीलाई समेत नियन्त्रणमा लिएर जलाइने चेतावनी राजपाका नेताहरुले दिएका छन्।
राजपाका धनुषा जिल्ला संयोजक परमेश्वर साहले आफूहरुले मधेसको माग पूरा नभएसम्म निर्वाचनको कुनै पनि गतिविधि हुन नदिने उद्घोष गरिसकेको समयमा यस प्रकार प्रचारप्रसार गर्दै हिडेपछि घटना भएको बताए।
उनले भने, ‘हाम्रा कार्यकर्ताहरुले गाडी रोकाएर झन्डा हटाउन मात्र भनेका थियौं तर कांग्रेसका कार्यकर्ताहरुले गाली गलौज गरेपछि आक्रोशित भएर झन्डा जलाइएको हो। झन्डा जलाउने क्रममा केही बेर सो क्षेत्रमा तनाव समेत सिर्जना भएको थियो। प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो। शुक्रबार पनि सिरहाको गोलबजारबाट निर्वाचन प्रचारप्रसार सम्बन्धी सामग्रीहरु लिन जनकपुर आएका एक स्वतन्त्र उम्मेदवारको गाडीमा लगाइएको झन्डा खोसेर राजपाका कार्यकर्ताहरुले जलाएका थिए।
२८ जेठ, काठमाडौं - सरकारसँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु आन्दोलन घोषणाको तयारीमा जुटेका छन् ।
तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरु नयाँ रणनीति बनाउन छलफलमा जुटेका हुन् । आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव केशव झाले जानकारी दिए ।
उनले भने, ‘हामी छलफलमै छौं । चुनाव आम हड्तालसहितको आन्दोलन घोषणा गछौर्ं ।’
त्यसअघि आइतबार विहान सत्तारुढ दल र राजपा नेताहरुबीच भएको वार्ता असफल भएको थियो ।
राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । सबै प्रदेशको चुनाव सार्न नसकिए २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्नुपर्ने राजपाको माग छ । तर, सत्तारुढ दलहरुले यो माग अस्वीकार गरेका छन् ।
नेपालगन्ज - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्धको षडयन्त्रलाई प्रतिरोध गरेर तराई मधेशमा पनि पार्टीलाई पहिलो बनाउने दावी गर्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्षले ओलीले त्यस्तो दावी गर्नु भएको हो ।
ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने पनि बताउनु भयो । उहाँले एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरु नै एमाले तराई मधेशमा बडारिन्छ भन्ने भ्रम फैलाइरहेकोको पनि बताउनुभयो ।
उहाँले शान्ति ,सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताउनु भयो । अध्यक्ष ओलीले मुलुकमा सदभाव कायम गर्ने,विकास समृद्ध गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्नु भयो । उहाँले एमालेलाई घेराबन्दी पारेर कमजोर गराउने षडयन्त्र सफल नहुने बताउनु भयो
उहाँले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि अतालिएर गनिसक्न लाग्दा २÷४ वटा मतपत्र च्यातेर तमासा गरेको बताउनु भयो ।
उहाँले असार १४ गते निर्वाचन सार्ने कुरा कुनै हालत स्वीकार्य नहुने बताउनु भयो । अध्यक्ष वली निर्वाचन अघि स्थानीय तहको सख्यामा कुनै थपघट नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘ठुक्क हुनु होस ,असार १४ को मिति सर्दैन, स्थानिय तहको सख्यामा पनि थपघट हुदैन । ’
उहाँले उम्मेदवार नपाएर असन्तुष्ट रहेको कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनमा होमिन निर्देशन दिनु भयो ।
‘असन्तुष्ट भए निर्वाचनपछि सच्याउला तर अहिले साना तिनी कुरामा तपाईहरु नअल्झिनु होला’अध्यक्ष ओलीले भन्नु भयो ।
उहाँले नेपालगन्जको मेयरको उम्मेदवारमा समसुद्धिन सिद्धिकी र र उपमयेरमा शान्ती ढकालको नाम घोषणा गर्नु भएको छ । समसुद्धिन सिद्धिकी २०५४ सालको स्थानिय निर्वाचनमा एमालेका तर्फ उपमयेर हुनुहुन्थ्यो ।
काठमाडौं - भरतपुर महानगरपालिकाको वडानम्बर १९ को आज सुनुवाइ हुने भएको छ । पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटको सर्वोच्च अदालले आइतबार दिउँशो सुनुवाई गर्न लागेको हो ।
न्यायाधीश चोलेन्द्रशमसेर जवराको एकल ईजलाशले २८ गतेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
भरतपुर १९ वडाका मतदातासमेत रहेका अभिवक्ता तुल्सिराम पाण्डे र भरतपुर-१९ का नेकपा एमाले खुलातर्फका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विश्वकर्माले आयोगको पुन निर्वाचन गर्ने निर्णयको विरुद्व सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
च्यातिएका ९० मतपत्र मात्र बदर गरेर आयोगको निर्णय सञ्चाउन रिटमा उत्प्रेषण माग गरिएको छ । निर्वाचन आयोगको निर्णय एमालेले अस्वीकार गर्दै आएको थियो भने कांग्रेस-माओवादीले वडानम्बर १९ मा पुनः मतदानको माग गरेका थिए ।
काठमाडौ - प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा सहभागी भएर आफूलाई सहयोग गर्न गरेको आग्रहलाई राष्ट्रिय जनता पार्टीले अस्वीकार गरेको छ ।
प्रधानमन्त्री देउवाको आग्रह अस्वीकार गरी फर्केको राजपा आन्दोलन घोषणाको लागि बैठकमा बसेको छ ।
‘हामी हाम्रा मुद्दा सम्बोधन नभएसम्म चुनावमा सहभागी हुन सक्दैनौ भनेर हामीले प्रधानमन्त्रीलाई प्रष्टयाएका छौ,अव हामी आन्दोलनका कार्यक्रम घोषणा गर्नेछौ’राजपाका नेता अनिल झाले अन्नपूर्णसँग भन्नुभयो ।
‘मलाई चुनाव गर्न दिनुस,तपाईहरुले चुनाव सहभागी भएर मलाइ सहयोग गर्नुस’ प्रधानमन्त्री देउवाको भनाई उघृत गर्दै राजपाका अर्का एक नेताले भने ‘हामीले तपाईलाई सहयोग गर्न चाहदा चाहदै पनि हाम्रा मुद्दा सम्बोधन नभएका कारण हामीले सहयोग गर्न नसक्ने भयौ भनेर पनि बताएका छौ ।’
देउवालाई प्रधानमन्त्री हुन राजपाले पनि समर्थन गरेको थियो ।
राजपाका नेताहरुले देउवालाई वार्ताका लागि आफू आन्दोलनकै क्रममा पनि तयार रहेको जनाउ दिनु भएको छ ।
काठमाडौं,२७ जेठ- अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका सहोदर दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ ।
कारण, प्रकाश कांग्रेसनिकट हुन भने कृष्ण एमाले समर्थक ।
यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भन्ने देखाउँछ ।
ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् । यो वडामा अन्य पार्टीभन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ । पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी मधेरो, मेलापात र घाँस दाउरामा पनि राजनीति पसेको छ ।
‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनका बेला त दूरी नबढ्ने कुरै भएन ।’ गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए । राजधानी दैनिकमा खबर छ ।
कतिसम्म भने कांग्रेस–एमालेको हिँड्ने बाटोसमेत अलग छ ।
बजारबाट घर फर्किता एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरु मात्रै भेटिन्छन् । एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरु सहभागी हुँदैनन् ।
यति मात्रै होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिपयले घरबारै तोड्नु परेको छ ।
श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ का मनसरा बुढाले श्रीमानसँस सम्बन्ध विच्छेद गरेकी छन् । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण उनले सम्बन्ध बिच्छेद गर्नुपरेको बताइन् ।
कमानसिंह मोक्तान, अध्यक्ष
दोरम्बा गाउँपालिका, रामेछाप
स्थानीय निकायहरु २० वर्षसम्म जनप्रतिनिधिविहीन रहे ।
यो चुनावपछि जनताले स्थानीय रुपमा नै सेवा सुविधा पाउने आशा राखेका छन्, जुन स्वाभाविक पनि हो । सिंहदरबार वा लामो दुरीमा रहेको जिल्ला सदरमुकाममा पाउने सेवा सुविधा अब गाउँमै पाउनुपर्छ भन्ने जनताको माग छ । कतिसम्म भने नागरिकता पनि गाउँबाटै पाउनुपर्छ भन्ने छ ।
भूकम्पले भत्किएका घर टहरा निर्माणमा पनि समस्या छन् । यो छिटो भइदिए हुन्थ्यो भन्ने छ ।
अपेक्षा अलि ठूलो रुपमा छ ।
अहिलेको बजेट पर्याप्त छैन । हामी सबै नयाँ छौं । अब कसरी व्यवस्थापन गर्ने भन्नेमा हामी छलफलमा छौं ।
धेरै सम्भावना बोकेको ठाउँ पनि हो, दोरम्बा । त्यसैले पर्यटनको प्रवद्धर्नसँगसँगै सुन्तला र आलुको पकेट क्षेत्र पनि बनाउने योजना हामीले बनाएका छौं । अरु सम्भावनाको पनि खोजी गर्छौं ।
काठमाण्डौ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा उनकी पत्नी आरजु, र केही मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् ।
उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायतका नेताहरु सन्तको आश्रममा पुगेका हुन् ।उनीहरुले त्यहाँ पूजाआजा गर्दै आशिर्वाद समेत लिएका छन् । उनीकहाँ विभिन्न नेताहरु आशिर्वाद लिनका लागि पुग्ने गर्दछन् ।
उनले ति नेताहरुसंग खिचाएका तस्वीरहरु सामाजिक सन्जालमा राख्ने गर्दछन् । यसअघि उनको आश्रममा तत्कालीन प्रधानमन्त्री प्रचण्ड लगायत विभिन्न नेताहरु आशिर्वाद लिन पुगेका छन् ।
जनयुद्ध लडेका इमान्दार नेता–कार्यकर्ता, परिदपरिवारको भावना विपरित अन्ययपूर्ण र जबरजस्त स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौंट गरेको भन्दै माओवादी केन्द्रका सात जना केन्द्रीय सदस्यले सामुहिक राजिनामा दिएका छन् ।
पार्टीको प्रदेश समितिले गरेको निर्णयप्रति असहमति बागचौर नगरपालिकामा कार्यरत सात जना केन्द्रीय, जिल्ला सदस्य र नगर–कमिटी सदस्यहरुले राजिनामा दिएका छन् ।
केन्द्रीय सदस्यहरुले ज्ञान बहादुर ओली (माईकल),टिकाराम ओली (दर्शन), सेतिराम ओली (दिनेश), हरिलाल डि.सी. (दोभान), टंक प्रसाद शर्मा (शौगात), सुम्निमा डि.सी. (निर्माता) र कमला ओली (श्रृंखला) ले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर राजिनामा गरेको घोषणा गरेका हुन् ।
नगर इन्चार्ज माइकलको अध्यक्षतामा बसेको बैठकले लिएका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “बागचौर नगरपालिकाको बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रमुख र उपप्रमुखपदका लागि ने.क.पा.माओवादी केन्द्र ६ नम्बर प्रदेशले लिएको निर्णय अत्यन्त हचुवा, पूर्वाग्राही, जनता कार्यकर्ता, शहिद परिवारको भावना विपरीत वास्तविक धरातलीय यथार्थभन्दा बाहिरबाट जबरजस्त लादिएको ठहर गर्दछौँ ।
साथै प्रदेश समितिलाई प्रश्न गर्न चाहन्छाैं कि उम्मेदवार छनौटका मुख्य आधारहरु के–केहुन ? प्रस्तावित उम्मेदवारहरुको पार्टी र आन्दोलनलाई बुझ्ने ऐतिहासिक श्रृंखला कस्तो हुनुपर्छ ? सिनियर जुनियर, पार्टी आन्दोलनमा निरन्तर निष्ठापूर्ण कामको मुल्यांकन हुन्छ कि हुँदैन ? वर्तमानमा पार्टी आन्दोलन र क्षमताको मुल्यांकन हुन्छ कि हुँदैन ? पार्टीमा अहिलेसम्म उसले खेलेको भुमिकाको लेखाजोखा हुन्छ कि हुँदैन ? उम्मेदवार छनौट गर्दा कार्यकर्ता शहीद परिवार क्षेत्र भेग र जनभावनाको कदर गरिनु पर्छ कि पर्दैन ? अन्तरिम विधायक, दुईदुई पटक संविधान सभाका सभासद, यातायात,उद्योग वाणिज्य संघ, नगरपालिका प्रमुखका उम्मेदवार एउटै टोलको हुनुपर्छ कि अरु गाउँ, क्षेत्र, भेगको भावना पनि समेटिनुपर्छ ? यि प्रश्नहरुलाई बेवास्ता गरी लिएको निर्णय अन्यापूर्ण छ ।”
अन्यायपूर्ण रुपमा गरिएको निर्णयविरुद्ध नगरमा कार्यरत केन्द्रीय सदस्य, जिल्ला सदस्य र नगर–गाउँ कमिटिले सामुहिक राजिनामा गरेको विज्ञप्तिमा उल्लेख छ । साथै सहिद परिवार, कार्यकर्ता र जनतालाई पार्टीले गरेको निर्णयविरुद्ध सशक्त आवाज उठाउन अपील समेत गरिएको छ ।
राजिनामा गर्ने नेताहरु जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका र इमान्दारको रुपमा परिचित छन् ।
११ बैशाख, काठमाडौं - दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने भएको छ । सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो, जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ ।
पहिलो चरणको चुनाव भने बैशाख ३१ मै हुनेछ ।
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । जेठ १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारले विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।
२० गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयन पत्र जाँच हुनेछ ।
विहान १० बजेदेखि १ बजेसम्म उजुरी दिने समय तोकिएको छ । १ बजेदेखि भोलिपल्ट साढे ११ बजेसम्म मनोनयन पत्र जाँच गर्ने समय तोकिएको छ ।
२१ गते उम्मेदवारको नामावली प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ताका लागि दिउँसो १ बजेदेखि ५ बजेसम्म तोकिएको छ । २२ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ र त्यही दिन निर्वाचन चिह्न पनि प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
जेठ ३१ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म दोस्रो चरणको मतदान हुनेछ ।
आचार संहिता स्थगित
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन हुने प्रदेशहरुमा निर्वाचन आचार संहिता स्थगित गरेको छ । साथै मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ ।
नयाँ आचार संहिता केही दिनमा लागू हुनेछ ।
जिल्ला जिल्लामा पुगेको मतपत्र, मतदाता परिचय पत्र लगायतका सामाग्रीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
चितवन - प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाँई भक्तिराम अधिकारी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने भएका छन् ।
भक्तिरामले प्रचण्डकै क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवारका रुपमा वडा अध्यक्षमा चुनाव लड्ने छन् ।
प्रधानमन्त्री प्रचण्डकी साईली बहिनीसँग विवाह गरेका भक्तिरामलाई भरतपुर महानगरपालिकाको वडा नम्बर १० बाट कांग्रेसले वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भक्तिराम विद्यार्थी हुँदा नै नेपाली कांग्रेस निकट संगठनमा आवद्ध थिए । अहिले पनि उनी कांग्रेसको सक्रिय राजनीति गरिरहेका छन् ।
काठमाडौं - संविधान संशोधन प्रस्तावमाथि सरकारले परिमार्जनसहित मोर्चाले अघि सारेका माँगहरु समावेश गर्ने भएपछि मधेशी मोर्चापनि निर्वाचनमा सहभागी हुने करिब करिब पक्का जस्तै भएको छ ।
मोर्चा निर्वाचनमा सहभागी भएसँगै अब निर्वाचन दुई चरणमा गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरुसँग शीर्ष तहमा छलफल सुरु गरेका छन् । मोर्चा सहभागी हुने शर्तमा दुई चरणमा निर्वाचन गर्नेबारे प्रमुख दल नेपाली काँग्रेस पनि पूर्ण सहमत छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालवीचको छलफलमा यसबारेमा सहमति बनेको एक नेताले जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री दाहालले आज विहानमात्रै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसँग पनि निर्वाचनको मिति सार्न सकिनेबारे संक्षिप्त छलफल गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले बजेटपछि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने मिति सारेका छन् । उनले जेठ २० देखि २२ गतेको लागि मिति तय गर्नेगरि छलफल अघि बढाएका छन् ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री दाहालले अघि सारेको मितिमा कुनैपनि हालतमा सहमति नजनाउने भएपछि निर्वाचन अब बजेट आउनुभन्दा अघि अर्थात जेठ १५ गते अघि नै हुने भएको छ । दलहरुवीचको प्रारम्भिक छलफल अनुसार जेठको पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बुझिएको छ ।
एमालेले बजेट पछि निर्वाचन गर्ने भए उक्त निर्णयको विरुद्धमा देभव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा भएको सत्तारुढ दल र मधेशी मोर्चाका शीर्ष नेताहरुवीचको छलफलमा समेत दुई चरणमा निर्वाचन गर्ने सहमति भएको काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका थिए । शीर्ष नेताहरुका अनुसार शुक्रबार नै सहमति गर्ने प्रयास थियो । संविधान संशोधन विधेयक परिर्माजन गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।
नव गठित कार्यदलमा कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् भने मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् । कार्यदलले आज विहानभर गृहकार्य गर्नेछ र दिउँसो २ बजे फेरि शीर्ष नेताहरुको बैठक बस्नेछ ।
त्यस्तै हिजोको बैठकमा मधेसी मोर्चाका मागलाई सम्बोधन गरेर सबै दल निर्वाचनमा सहभागी हुने निर्णय लिइएको सत्तापक्षको दाबी थियो । यो सहमतिले औपचारिकता पाए चुनाव दुई चरणमा हुने निश्चित छ ।्
त्यस्तै मोर्चा निर्वाचनमा आउने भएपछि अब स्थानीय तहको संख्या पनि अब जनसख्याको आधारमा वृद्धि हुने भएको छ ।
मोर्चा विगत एक महिनादेखि यही माँग्ग अघि सार्दै आईरहेको थियो। यो सहमति अनुसार प्रदेश नम्बर २ का साथै ५ र १ का केही जिल्लाको स्थानीय तह हेरफेर हुनेछ । स्थानीय तहको संख्या र सीमा हेरफेर भएका स्थानहरुमा दोस्रो चरणमा चुनाव हुनेछ । जेठभित्रै चुनाव हुन्छ, मोर्चाका एक नेताले भनेका छन् ।
काठमाडौ - नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमीलगायतका नेता पक्राउ परेका छन् ।
निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक भट्टराईसहित नेता कार्यकर्ता प्रहरीले पक्राउ परेका हुन् । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिनेक्रममा प्रहरीले नेतालाई पक्राउ गरेको हो ।
नाराजुलससहित निर्वाचन आयोगको कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।
बहादुर भवन नजिकैबाट भट्टराईसहित ५० जना पक्राउ गरेकाे प्रहरीले जनाएको छ । यसैबीच वैद्य माओवादीका उपाध्यक्ष सिपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ । उत्तेजित भएको भीडले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासमेत माग गरेका छन् ।
प्रहरी दमन मुर्दावाद, चुनाव चिन्ह पाउनै पर्छ, तीन दलीय सिन्डिकेट खारेज गरलगायतका नारा लगाएका छन्।
नयाँ शक्तिसहितका साना दलहरुले आसन्न चुनावमा निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व नगर्ने दललाई चुनाव चिन्ह नदिएपछि निर्वाचन आयोग घेराउ गर्न गएका हुन् । आयोगले संसदमा नरहेका दललाई स्वतन्त्र उम्मेद्वारका रुपमा चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको छ ।
१६ चैत, काठमाडौं - आगामी स्थानीय चुनावले देशभरका ६८८० वडाका वडाध्यक्ष चयन गर्नेछ । तर, धेरैको ध्यान भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा मात्र गएको देखिन्छ ।
स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले पदाधिकारीहरुको जिम्मेवारीबारे अन्यौल कायम छ । मतदातालाई मात्र होइन, उम्मेदवार बन्न चाहनेहरुलाई पनि यो उक्त पदको जिम्मेवारी थाहा नहुनसक्छ ।
यसै सर्न्दभमा हामीले वडाध्यक्षको कम, कर्तव्य र अधिकार के हो भनेर यहाँ प्रस्तुत गरेका छौंः
हरेक वडा अध्यक्ष सम्वन्धित गाउँकार्यपालिका वा नगरकार्यपालिकाको स्वत सदस्य हुनेछन् । अर्थात उनीहरु त्यो गाउँपालिकाको कार्यकारी निकायका सदस्य हुन् ।
केन्द्र सरकारमा मन्त्रीको भूमिका जस्तै हरेक वडा अध्यक्षले आफ्नो गाउँपालिकाभित्र कार्यकारी अधिकार पाउनेछन् । जस्तै एउटा वडा अध्यक्षलाई गाउँपालिका प्रमुखले आफ्नो सरकार अन्तर्गत शिक्षा क्षेत्र हेर्ने जिम्मा दिन सक्छ, अर्कोलाई खानेपानी, अर्कोलाई सिंचाइ, अर्कोलाई कृषि ।
यसरी मन्त्रालयको भूमिकामा हरेक वडा अध्यक्षले उनीहरुले जिम्मेवारी पाउँनेछन् ।
संविधानले नै हरेक गाउँकार्यपालिका/नगरकार्यपालिकाले आफ्नो कार्यविभाजन र कार्यप्रक्रिया नियमावली बनाउनु पर्ने व्यवस्था गरेको छ । त्यसरी कार्यविभाजन नियमावली बनाउँदा गाउँपालिकाका सदस्यहरु अर्थात वडा अध्यक्षहरुलाई कामको जिम्मेवारी पनि तोकिनेछ ।
हरेक वडालाई सेवाकेन्द्रको रुपमा राखिएको छ । त्यो वडाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने जिम्मेवारी पनि वडा अध्यक्षकै हुन्छ । तर, वडाको आर्थिक विकासमा वडा अध्यक्षको पूर्ण अधिकार हुन्छ भन्ने बुझाइ गलत हो । किनकि वडा अध्यक्षले आफैँ वडामा शासन गर्दैन । त्यहाँको सेवा प्रभावकारी बनाउने भूमिका हुन्छ र त्यसका लागि वडा सदस्यहरुको सहयोग लिन सक्छ ।
यस्तै वडा अध्यक्षहरु स्वतः गाउँसभाका सदस्य हुन्छन् ।
गाउँसभाका सदस्यहरु भनेको गाउँपालिकाको सांसद हुन् । आफ्नो गाउँपालिका वा नगरपालिकाको कानुन बनाउने काममा वडा अध्यक्ष वा गाउँसभाका सदस्यहरुको भूमिका हुन्छ ।
गाउँपालिका प्रमुख उपप्रमुखले ल्याएका योजना, नीति तथा बजेट फेल गराउने र पास गराउने काम समेत यसै गाउँसभाका सदस्य अर्थात वडा अध्यक्षहरुले गर्नेछन् ।
यसैगरी उनीहरुको अर्को निर्वाचन गर्ने भूमिका पनि हुन्छ । त्यो भनेको गाउँसभामा वडाका महिला सदस्यहरुबाट जम्मा चार जना र नगरसभामा वडाका महिला सदस्यहरुबाट ५ जना सदस्य चयन गर्नु पर्ने हुन्छ ।
यस्तै दलित तथा अल्पसंख्यक सदस्यहरुबाट पनि गाउँकार्यपालिकामा २ र नगर कार्यकापालिकामा ३ सदस्य वडा सदस्यहरुबाट गर्नुपर्ने हुन्छ ।
त्यो निर्वाचित गर्ने काम पनि गाउँसभाका सदस्यहरु अर्थात वडाध्यक्ष र सदस्यहरुले गर्छन् ।
१५ चैत, काठमाडौं - राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोल्न खोज्ने अराजक समूहले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका छन् ।
फोटो पत्रकार क्लबका महासचिवसमेत रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेल, कान्तिपुरका केशव थापा लगायतका पत्रकारहरु बसेको ठाउँमा चुनाव बिथोल्ने समूहले पेट्रोल बम प्रहार गरेको हो । पेट्रोल बम खुट्टानेर पड्किएपछि प्रहरीले आक्रमणकारीलाई पद्मोदय मोडसम्म लखेटेको छ ।
माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले मतदान बिथोल्नका लागि विहानैदेखि मतदानस्थलमाा ढुंगा प्रहार गरिरहेका थिए ।
घटनामा डीएसपी सन्तोष तामाङसहित चार प्रहरी घाइते भएका छन् । तामाङको औलामा चोट लागेको छ । यस्तै सशस्त्र प्रहरीको सञ्चार सेट हराएको थियो । यो पद्मोदय मोडमा नेपाल प्रहरीको टोलीले भेट्टाएर बुझाएको छ ।
ढुंगा प्रहारको फोटो अनलाइनखबरमा प्रकाशित भएपछि उनीहरुले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन् ।
अखिल क्रान्तिकारीका ३ नम्बर प्रदेश संयोजक बिजय गौतमले भने एकलौटी गरिएकाले मतदान विरुद्ध प्रदर्शन गरिएको स्वीकारे पनि पेट्रोल बम आफूहरुले नहानेको बताए । रहरीले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम हानिएपछि पत्रकारहरुलाई सुरक्षित स्थानमा गइदिन आग्रह गरेको छ । करीव ५०/६० जनाको संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले बाल्मिकी क्याम्पस अगाडि रोकेर राखेको छ ।
उनीहरुले केपी ओली र एमालेविरुद्ध नाराबाजी गरिरहेका छन् ।
९ विद्यार्थी संगठनको बिरोध भनिए पनि प्रदर्शनकारीले अखिल क्रान्तिकारीको चिन्ह अंकित कपडा बेरेका छन् ।
क्यम्पसका नियमित बिद्यार्थीलाई प्रहरीले परिचयपत्रका आधारमा मतदान स्थलमा प्रवेश गराइरहेको छ भने अन्यलाई क्याम्पस परिसरमा प्रवेश गर्न रोकिएको छ ।
मतदानस्थल बाहिर एमाले सम्बद्ध अनेरास्ववियु र कांग्रेस सम्बद्ध नेविसंघका उम्मेदवारहरुले लाइनमा उभिएर मतदातासँग मत मागिरहेका छन् । अखिल क्रान्तिकारीले चुनाव हार्ने भएकाले मतदान बिथोल्न खोजेको आरोप नेविसंघ र अखिलका उम्मेदवारहरुले लगाएका छन् ।
मानविकी संकायको सबैभन्दा ठूलो यस क्याम्पसमा पटक पटक विवादका कारण निर्वाचन हुन सकेको थिएन । सर्बोच्च अदालतको आदेशपछि क्याम्पस प्रशासनले मंगलवार निर्वाचन गराएको हो ।
निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रवहादुर शाही सभापति रहेको प्यानल खडा भएको छ भने नेविसंघबाट उत्तमबहादुर साउदको प्यानल प्रतिस्पर्धामा छ ।
अखिल क्रान्तिकारीले ध्रुवराज वाग्लेको प्यानल खडा गरेको छ । क्रान्तिकारीले भने मतदानमा भाग नलिन विद्यार्थीलाई आह्वान गरेको छ ।
























